ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिधालय शिक्षा बिधेयक र यसको दीर्घकालीन असर


एबीसी न्यूज
३ आश्विन २०८०, बुधबार   १ : ००   बजे

काठमाडौ ३ असोज । बहुप्रतिक्षित संघीय शिक्षा ऎन संसदमा पेश भएसङै यसको चौतर्फी बिरोध र अनेकन टिकाटिप्पणी हुन थालेको छ । राजनीतिक तहबाट केहीले यसको समर्थन र बिरोधमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छन भने धेरैजसो मौन छन ।

लोकप्रियताको राजनीति गर्नेले आन्दोलनको क्रममा देशव्यापी कस्तो माहोल बन्छ त्यही अनुसार आफ्नो अभिव्यक्ति दिने अनुमान लगाउन सकिन्छ भने केही सम्भावना भएका युवा नेताहरु र नयाँ भनिएका दलहरुले समेत राष्ट्रिय चासोको यती महत्त्वपूर्ण विषयमा मौन बस्नु रहस्यपुर्ण देखिन्छ ।

ऎनमा भएका केही राम्रा पक्षहरुको आवरणमा शिक्षकको सामान्य पेशागत मर्यादालाई समेत ख्याल नगरी ऎन शिक्षकको पेशागत आत्मसम्मानप्रति र देशको समग्र शैक्षिक भविष्यप्रति निर्मम बनेको देखिन्छ । शिक्षकको पेशागत स्थायित्वको विषय, पद समायोजनको विषय सरुवा र कार्यसम्पादन मूल्यांकनको विषयमा शिक्षकलाई पिडित बनाउन खोजेको छ भने दुर्गममा भत्ताको विषयमा शिक्षकलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा राखेको देखिन्छ ।

निजिश्रोतको शिक्षक लगायत अन्य अस्थायी प्रकृतिका सबैखाले शिक्षकलाई संविधानले नै तोकेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने कुरा समेत यो ऎनले छुटाएको छ । औषधि उपचार खर्चको सवालमा त पहिल्यै दिइदै आएको सुबिधा यो ऎनले कटौती गरेको छ । त्यस्तै बिधालयको अनुमति रद्द गर्ने तथा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिने र स्थानीय तहलाई शिक्षक बर्खास्ती सम्मको अधिकार दिने कुराले सामुदायिक बिधालयलाई थप राजनीतिकरण गर्न खोजेको छ ।

स्थानीय तह राजनीतिक पार्टीको हुने र शिक्षकको गतिविधि सहजै नियालिरहेको हुने हुनाले शिक्षकले सधैं बर्खास्तीको डरमा बस्नुपर्ने हुन्छ । जसले सिङ्गो देशको शैक्षिक उपलब्धिमा प्रतिकुल प्रभाव पर्ने छ । यस्तै यो ऎनले बिधालय कर्मचारी , कार्यालय सहयोगीलाई त झनै सम्बोधन गर्न नसकेको देखिन्छ ।

केन्द्रिय सरकारले वजेट नपठाइ स्थानीय तहलाई नै श्रोत जुटाएर दिनु भन्दा कतिपय पालिकामा श्रम ऎनले तोकेभन्दा पनि पारिश्रमिक कम गरिराखेको पाइन्छ । यसरी समग्र पक्षबाट शिक्षक र सामुदायिक बिधालयलाई प्रतिकुल ऎन बन्दा यसैपनी आकर्षण नरहेको शिक्षक पेशालाई थप आकर्षण घटाएको छ । जसले बिश्वविधालयका उत्कृष्ट उत्पादनहरु शिक्षण पेशामा झनै विकर्षित हुने निश्चित छ ।

शिक्षकले देशको राजनीतिक, आर्थिक, प्रशासनिक, व्यवसायिक, कर्मचारी देखि श्रमिक वर्ग सम्मको जनशक्ती उत्पादन गर्नुपर्ने हुन्छ हालको देशको राजनैतिक , प्रशासनिक लगायत देशको समग्र व्यवस्थापन बाट आजित भएर लाखौंको सङ्ख्यामा युवाहरु स्थायी रुपले नै पलायन भैइरहेका छन । आज देश नै खुल्ला जेल जस्तो बनेको छ। विश्वका राम्रा देशहरुले भिषा खुकुलो पार्ने हो भने र त्यस्ता देशहरुमा सहजै स्थायी बसोबास पाउने हो भने केही समयमै सिङ्गो देश नै खाली हुने अवस्था बनेको छ ।

यो सबै रोक्न र भविष्यमा देश बन्ने आशा जगाउन पनि देशका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा जोडेर दुरदर्शी राजनीतिज्ञ, कुशल प्रशासक , सेवामुखी व्यवसायी, सभ्य नागरिक उत्पादन गरेर ब्यबस्थित र देश सभ्य समाज निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।तसर्थ सुन्दर देश निर्माणको लागि यो ऎन संसोधन गरेर शिक्षण पेशालाई आकर्षक र गर्व गर्न लायक बनाएर बिधालयलाई सुन्दर देशको निर्माण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गरौ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group