ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वस्वसहित जन्मकैद भएका गुन्डानाइके रिगललाई राष्ट्रपतिले दिए आममाफी


एबीसी न्यूज
४ आश्विन २०८०, बिहिबार   २ : १७   बजे

काठमाडौं,४ असोज । संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् ।

यसरी जेल मुक्त हुनेहरूमा जघन्य अपराधमा जेल बसेकाहरू समेत छुटेको खुलेको छ । त्यसमध्ये एकजना गुन्डागर्दीका रूपमा चर्चित नाम नेपालगन्जका योगराज ढकाल उर्फ रिगल पनि छुटेका छन् ।

रिगल व्यक्ति हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जेल जीवन भोगिरहेका अपराधी हुन् । उनी राष्ट्रपतिले आममाफी दिएपछि बुधबार छुटेका छन् । कानुनतः फौजदारी कसुरअन्तर्गत हिंसासम्बन्धी सजाय तोकिएकाको हकमा कैद मिनाहा गर्न नमिल्ले उल्लेख छ ।

तर, रिगलको हकमा राष्ट्रपतिले सो व्यवस्थालाई लत्याउँदै आममाफी दिएका छन् । उनी पछिल्लो समय दाङस्थित घोराही कारागारमा सजाय भोगिरहेका थिए ।

यसअघि रिगल मकवानपुरको भीमफेदी कारागार हुँदै सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए । व्यक्ति हत्यामा दोषी ठहर भइ सर्वस्वसहित जेल पुगेका रिगल ५० प्रतिशत समेत नबसी आममाफी पाउनुको अन्तर्य भने नेपाली कांग्रेससँग जोडिन्छ ।

रिगललाई नेपाली कांग्रेसका नेताकै दबाबमा राष्ट्रपतिले माफी दिएका हुन् । उसो त उनी जेल पर्नुअघि पार्टीको तरुणदल विभागमा सक्रिय थिए ।

आश्चार्यको कुरा ढकाललाई दाङदेखि नेपालगन्जसम्म कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेको देखिन्छ । रिगललाई पार्टीको कार्यकर्ताले स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भएको छ ।

रिगलले २८ असार २०७२ सालमा नेपालगन्जको धम्बोझीचोकमा २९ वर्षीय चेतन मानन्धरको खुडा प्रहार गरेर हत्या गरेका थिए । सोही अभियोगमा उनलाई जिल्ला अदालत बाँकेले २०७६ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थिया ।

रिगलका अन्य सहयोगी १२ जनालाई समेत तीन देखि १२ वर्षसम्म कैद सजाय सुनाएको थियो । तर, हत्याका मुख्य व्यक्ति रिगल माफी पाएर छुटेका छन् ।

प्रहरीले गुण्डागर्दी गर्नेमाथि काठमाडौंमा इन्काउन्टर गर्न थालेपछि २०७२ भदौमा उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

उनी नेपाली कांग्रेसको तरुणदलमा सक्रिय थिए । प्रहरी स्रोतका अनुसार उनी २०७४ मा प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैटेका सहयोगी समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu