ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, दुई महिनामा लिए एक लाख ६ हजारभन्दा बढीले श्रम स्वीकृति


एबीसी न्यूज
४ आश्विन २०८०, बिहिबार   २ : २१   बजे

काठमाडौं,४ असोज । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ६ हजार ४५९ जनाले श्रम स्वीकृति लिएका छन् । गएको साउन र भदौमा वैदेशिक रोजगार विभागले उनीहरूलाई श्रम स्वीकृति प्रदान गरेको हो ।

विभागका अनुसार साउनमा ५५ हजार ५७५ र भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा प्रत्येक दिन औसतमा एक हजार ६८९ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

विभागको तथ्यांकानुसार साउनमा विभिन्न ७७ देशमा जान ४७ हजार ८५० पुरुष र सात हजार ७२५ महिलाले श्रम स्वीकृति लिएका थिए । भदौमा पनि ७७ वटै देशमा जान ४४ हजार १९७ पुरुष र ६ हजार ६८७ महिलाले श्रम स्वीकृति लिएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७९र८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि एक लाख ३९ हजार ४४२ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्ष वैदैशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा ३२ हजार ९८३ ले कमी आएको छ । गत आर्थिक वर्षको साउनमा ६३ हजार ३९ र भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group