ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बानेश्वरमा अराजक बन्दै शिक्षक : निषेधित क्षेत्र तोडियो, सुरक्षाकर्मीको लाठी खोसियो


एबीसी न्यूज
४ आश्विन २०८०, बिहिबार   २ : २५   बजे

काठमाडौं,४ असोज । शिक्षा विधेयकको विरोधमा काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षकहरूले अराजक गतिविधि गरेका छन् ।

उनीहरूले निषेधित क्षेत्र तोड्नेदेखि सुरक्षाकर्मीको लाठी खोस्नेसम्मका हर्कत गरेका छन् ।

त्यतिमात्र होइन, शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् ।

शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् ।

प्रदर्शन स्थलमा खटिएका सुरक्षाकर्मीहरूले भने हालसम्म संयमता अपनाएका छन् । सुरक्षाकर्मीले शिक्षकहरूलाई संयमित हुन आग्रह गरिरहेका छन् ।

देशभरका शिक्षक बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन् ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन् ।

बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । सो क्षेत्रमा तनावको स्थिति रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu