ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ९ : १९   बजे

काठमाडौं, ७ असोज । शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । उनका अनुसार हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।डीएसपी पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेका थिए । सो क्रममा टेकबहादुरले भेटेका लामिछाने, वीरबहादुर हमाल र कमलाकुमारी हमाललाई खुकुरी गरेका प्रहार उनले बताए । उनका अनुसार घाइते दुई जना टेकबहादुरको छिमेकी भएको खुलेको छ ।

‘हत्याको कारण कुनै रिसिबी नभएर देउता चढेको भन्दै अन्धाधुन्ध प्रहार गरेको देखिन्छ’, उनी भन्छन्, ‘घटनाको अनुन्धानमै छौं । बाँकी कुरा पछि आउँला ।’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार टेकबहादुरको मानसिक स्वास्थ्य चेकजाँच भइरहेको छ । त्यसपछि मात्र केही कुरा बताउन सकिने बताए । स्थानीय बासिन्दाका अनुसार टेकबहादुर केही महिनाअघि भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group