ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले बेइजिङमा भने : चिनियाँ लगानीकर्तालाई नेपाल अवसरको भूमि हो


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ४ : ००   बजे

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड ९सीसीपीआईटी०ले आयोजना गरेको नेपाल चाइना बिजनेश समिटमा नेपाला लगानीको वातावरण उपयुक्त रहेको सुनाए।

कार्यक्रमलाई समबोधन गर्दै उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने बताएका छन्।

नेपाल चाइना जनेश समिटले दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण हुने उनले बताए।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए।

चीनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा उच्च प्रगति गरेको पनि उनले उल्लेख गरे।

फोरममा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी रहेका थिए।

प्रधानमन्त्री दाहालले नेपाल चीन द्विपक्षीय व्यापार स्थिर रहेको बताउँदै उनल चीन नेपालको दोस्रो वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे।

उनले नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेकाले सम्बोधन गर्ने प्रयासमा रहेको बताए।

‘हामी चीनमा वस्तु निर्यातका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने,‘हाम्रो उत्पादित क्षमता ध्यान, भौतिक पूर्वधारको विकास र गुणस्तरीय प्रमाणीकरण प्रणालीलाई सहजन बनाउनेतर्फ लागेका छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group