ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरीको खुसीको लागि ‘स्क्वायर होटेल’को स्वीमिङ पूल पुगेका सजीलमान कसरी पुगे कोमामा ?


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ४ : ५९   बजे

काठमाडौं, ७ असोज ।  ललितपुर जावलाखेलका सजीलमान शाक्य अस्पतालमा बाँच्चका लागि संघर्षरत छन् । विभिन्न व्यवसायमा लागेका ४० वर्षीय सजीलमान कुनै रोगका कारण त्यसरी अस्पताल पुग्नुपरेको भने होइन ।

आफू त्यसरी अस्पताल पुग्नु पर्ला भनेर कल्पनासमेत गरेका थिएनन् । न त उनका परिवारले नै । तर उनी अहिले ललितपुरको मेडिसेटी अस्पतालमा अर्धचेतको अवस्थामा छन् । उनका परिवार सजीलमानको जीवन रक्षाको लागि प्रार्थना गरिरहेका छन् ।

कुनै रोग नै नभएका सजीलमानको स्वास्थ्य अवस्था कसरी त्यस्तो हुन पुग्यो रु उक्त घटना जान्न भने २३ दिनअघि फर्किनु पर्छ । ४० वर्षीय सजिलमान १५ भदौमा घरमै थिए । शुक्रबार भएकाले एनएमबी बैंकमा कार्यरत उनकी श्रीमती अफिसबाट चाँडै घर फर्किएकी थिइन् । उनी श्रीमतीकै पर्खाइमा थिए ।

श्रीमती घर पुगेपछि भने सजीलमानले श्रीमतीसहित एकमात्रै साढे दुई वर्षकी छोरीलाई स्वीमिङको लागि ललितपुर–३, पुल्चोकस्थित होटल स्क्वायरमा लगे ।

सजीलमानको घरभन्दा होटल स्क्वायर केही दुरीमै छ । उनी होटलको स्वीमिङ पुलमा पुग्दा दिउसोको साढे तीन बजेको थियो । होटलको छतमा भएको स्वीमिङ पुलमा सजीलमान र छोरी स्वीमिङ खेल्न तयार भए । सजीलमान आफू भन्दा पनि छोरीकै खुसीको लागि होटलको स्वीमिङ पूल पुगेका थिए ।

उनकी श्रीमती भने छोरी र श्रीमान् स्वीमिङ पूलमा रमाइलो गरेको हेर्दै र फोटो क्याप्चर गर्दै थिइन् । सजीलमान र छोरी स्वीमिङ पूलभित्र पसेको १५–२० मिनेटमात्रै भएको थियो । छोरी एक छिन बाहिर के निस्केकीमात्रै थिइन् सजीलमान अचानक बेहोस् भए, स्वीमिङ पूलभित्रै ढले ।

स्वीमिङ पूलभित्र ढलेका सजीलमानलाई उनकी श्रीमतीसहित होटलका कर्मचारीले तत्काल उपचारको लागि मेडिसिटी अस्पताल पुर्‍याए । तर, त्यो दिनदेखि सजीलमान उठ्न सकेका छैनन् । सजीलमानका भाइ विवेक शाक्यले स्वीमिङ पूलभित्र करेन्ट लाग्दा उनी ढलेको बताए ।

“श्रीमतीसहित रमाउन गएको दाइ अहिले कोमामा पुगेको छ । मेडिसिटी अस्पतालमा अर्धचेत अवस्थामा राखिएको छ । तर, प्रहरीको तर्फबाट जसरी घटनाको छानबिन हुनुपर्थ्यो त्यो भएको छैन,” विवेक भन्छन् ।

सजीलमानको उपचारसमेत अहिलेसम्म परिवारले नै बेहोर्दै आएको उनले बताए । चिकित्सकले ‘इलेक्ट्रिक सक’ कै कारण ढलेको बताएको विवेक शाक्यको भनाइ छ । छोरीसमेत भाग्यले बाँचेको विवेक बताउँछन् ।

“स्वीमिङ पूलमा दाइ र छोरी स्वीमिङ गर्दै थिए । १५–२० मिटने भएको थियो । छोरी चस्मामा बाफ जम्यो भनेर बाहिर निस्किइन् । चस्मा मिलाएर छोरी फेरि स्वीमिङ पूलभित्र जान खोज्दा दाइलाई करेन्ट लाग्यो,” विवेकले भने ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले स्वीमिङ पूल भित्र करेन्ट लाग्यो कि अन्य कारण त्यस्तो हुन पुग्यो भन्नेबारे भोलिमात्रै थाहा हुने बताए ।

“घटनाको छानबिन गर्न पाटन अस्पतालको फरेन्सिक विज्ञको टोली गठन भएको छ । त्यसको रिपोर्ट भोलि सोमबार आउँछ । त्यही आधारमा घटनाको यथार्थ बारे थाहा हुन्छ,” एसएसपी शाहले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group