ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर– प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ६ : १४   बजे

काठमाडौं, ७ असोज ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । नेपालबाट केके वस्तु चीन निर्यात गर्ने र केके वस्तु नेपाल आयात गर्ने भन्ने सम्मको प्रावधानसहितको सम्झौता बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोली यतिबेला चीन भ्रमणमा छन् । चिनियाँ अर्थतन्त्रसँग द्विपक्षीय–सम्झौता गर्नका लागि नेपाली अर्थतन्त्र परिपक्व भइनसकेको अवस्थामा नेपाललाई अधिक लाभ हुनेतर्फ नेपाली पक्षले जोड दिन जरुरी छ ।

नेपालबाट केके वस्तु चीन निर्यात गर्ने र केके वस्तु नेपाल आयात गर्ने भन्नेसम्मको प्रावधानसहितको सम्झौता बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोली यतिबेला चीन भ्रमणमा छन् । तर हालसम्मको इतिहासलाई नियाल्ने हो भने चीनसँगको द्विपक्षीय व्यापारबाट नेपालले कति आज्र्यो वा कति गुमायो भन्ने बुझ्न धेरै पर दौडनै पर्दैन । एउटा अध्ययनले देखाउँछ, सन् २०१३ तिर नेपालले चीनतर्फ १ रुपैयाँ बराबर निर्यात गर्दा करिब ३० रुपैयाँको आयात हुने गथ्र्यो । दस वर्षपछि २०२२ मा यो निर्यात–आयात अनुपात भयावह ढंगले बढेर १ रुपैयाँ बराबर ३४१ रुपैयाँभन्दा अधिक हुन पुग्यो । वास्तवमै व्यापार सन्धि पारस्परिक लाभका लागि भन्ने गरिन्छ । तर उल्टो हिँडिरहेको नेपालको चीनसँगको द्विपक्षीय व्यापारले कहीँ गम्भीर खोट देखाइरहेको छ र पुनर्विचार मागिरहेको छ ।नेपाल–चीन व्यापारका लागि द्विपक्षीय सम्झौता सन् १९८१ मा गरिएको थियो । वाणिज्य तथा भुक्तानी सम्बन्धी सम्झौता नाम दिइएको त्यो र त्यसका सहयोगी समझदारीहरूका कैयन् सन्दर्भ अहिले असान्दर्भिक भइसकेका छन् ।

यस्तो समयमा बुद्धिमत्तापूर्ण र चलाखीपूर्ण व्यापार कूटनीतिको खाँचो देखिएको छ ।यसकारण पनि चीनसँग नयाँ व्यापार सम्झौताका लागि प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमण आशालाग्दो अवसर हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शनिवार बेइजिङस्थित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गरे ।नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को आयोजनामा भएको नेपाल चीन बिजनेस समिटमा प्रचण्डले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताए । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक मुद्धा उठेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताए ।

उनले नेपालमा अवसरहरूको सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताए । .
एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने उल्लेख गरे । चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्नेमा उनको जोड छ ।

समिटमा नेपालबाट ५० जना उद्योगी व्यापारी सहभागी थिए ।विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । गत आर्थिक वर्ष ०७९/८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँका मालवस्तु आयात गर्दा एक अर्ब ७६ करोडबराबरको मात्रै निर्यात गरेको छ । भारत र चीन नेपालका छिमेकी हुनुका साथै दुई ठूला व्यापार साझेदार पनि हुन् । तर, दुवै देशसँग नेपालको व्यापार घाटा उच्च छ ।

अंकका हिसाबले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ । तर, अनुपातमा हेर्ने हो भने सबैभन्दा बढी घाटा चीनसँग छ । संसारले ठूलो बजार मानेको छिमेकी देशमा नेपालले दुई अर्बको पनि निर्यात गर्न सकेको छैन । तर, आयात भने दुई खर्बभन्दा बढी भइरहेको छ जुन चिन्ताको विषय बनेको छ । यसतर्फ सरकारले विशेष पहलकदमी चाल्न आवश्यक छ ।

नेपालले चीनबाट स्मार्ट फोन, मेसिनरी, सवारीसाधनदेखि तयारी पोसाक, खाद्यान्न तथा फलफूलसमेत आयात गर्दै आएको छ । नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको छ । अमेरिकी अर्थतन्त्रसँग प्रतिस्पर्धामा रहेको चिनियाँ अर्थतन्त्रसँगसन्धि–सम्झौता गर्नका लागि नेपाली अर्थतन्त्र परिपक्व भइसकेको छैन ।यस अवस्थामा नेपाललाई अधिक लाभ हुने साँचो नेपाली पक्षले खोज्न जरुरी छ । तब मात्रै निर्यातले फस्टाएको आर्थिक वृद्धिको रेखा नेपालको लाभमा कोरिन सक्छ । यसतर्फ चीन भ्रमणरत प्रधानमन्त्री प्रचण्डको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group