ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ वर्षसम्म लुकेर बसेका डा. भक्तमान श्रेष्ठका अपहरणकारी पक्राउ


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ९ : ३४   बजे

नुवाकोट, ७ असोज ।  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

घटनाको १३ वर्षपछि नुवाकोटको विदुर नगरपालिका–१२ का लुप्पा भनिने ३९ वर्षीय सुब्बा तामाङ आइतबार पक्राउ परेका हुन् । गाउँमै आफन्तको घरमा लुकिछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नुवाकोट प्रहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले तामाङलाई चितवन पठाइएको बताए ।

तामाङविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिवाना सुनाएको थियो । नुवाकोट प्रहरीले फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाएको हो ।

डा. श्रेष्ठको ४ जेठ २०६७ मा अपहरण भएको थियो । तामाङसहित ६ जनाविरुद्ध चितवन जिल्ला अदालतले श्रेष्ठको अपहरण र तीन किलो सुन फिरौती मागेको प्रकरणमा २४ जेठ २०६९ मा कैदसहित जरिवाना तोकेका थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu