ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा मणिपुर र अयोध्याजस्तै विवाद झिकिँदै छ, सचेत बनौँ : चन्द्र भण्डारी


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   १ : ५३   बजे

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले देश सामाजिक द्वन्द्वसँगै राजनीतिक र आर्थिक भुमरीमा फस्न लागेको चेतावनी दिएका छन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले देशको सामाजिक अवस्थासँगै राजनीतिक र आर्थिक क्षेत्रमा समस्या आउनु सामान्य विषय नभएको बताए ।

“सभापतिज्यू, देशको समाजिक अवस्था बिग्रँदैै छ भने राजनीतिक तथा आर्थिक क्षेत्र पनि समस्याका भुमरीमा फस्दै छन्,” भण्डारीले भने, “कांग्रेस यसमा बोल्यो भने चित्त नबुझेर हामीलाई धेरैले छोड्न सक्छन् । बोल्दै नबोले यो बोल्दो नै रहेनछ भनेर छाड्न सक्छन् ।”

उनले सामाजिक अवस्था विशेष जटिल बनिरहेको उल्लेख गरे । अरूकै निर्देशन वा स्वार्थमा यस्तो भइरहेको उनको भनाइ छ ।

समयमै रोक्न नसके त्यो समाधान दिन नसकिने समस्याका रूपमा देखापर्ने उनले बताए । “पहिलो, हाम्रो सामाजिक अवस्थामा भारतको अयोध्यारबाबरी मस्जिद र मणिपुरको जस्तो अवस्था धरानमा देखिँदै छ,” उनले भने, “यसमा समयमा एउटा निर्णय गर्नुपर्छ, जसले सबै नागरिकलाई एकसाथ राख्न सकोस् ।”

शिक्षा क्षेत्रको समस्या पनि उनले उल्लेख गरे । “गरिबका छोराछोरीले सीएमए, स्टाफ नर्स र एनए पढ्ने २६७ कलेज बन्द भएका छन्,” भण्डारीले भने, “भारतीय सीमामा डेढ सय बढी कलेजहरू खोलिएका छन् । नेपाली गरिबका छोराछोरीहरू त्यहाँ जान बाध्य छन् ।”

उनले युवाले रोजगारी नपाउने र पढ्न पनि नपाए त्यसले सामाजिक समस्या निम्त्याउने बताए । “युवाहरूले पढ्न पाएन भने हतियार बोक्दैन रु विद्रोह गर्दैन रु,” प्रश्न गर्दै उनले भने, “यसको सम्बोधन कसरी गर्ने रु”

स्वास्थ्य क्षेत्रका कारण जनता हरेक वर्ष गरिबीको चपेटामा परिरहेको भन्दै उनले राज्य भूमिकाविहीन भएर बस्न नपाउनेमा जोड दिए । “आज जनताले स्वास्थ्योपचार गर्न नसकेर प्रत्यक वर्ष गरिबीको रेखामुनि जानेका संख्या बढिरहेको छ,” भण्डारीले भने, “सबै क्षेत्रमा समस्या राखेर कसरी राष्ट्र निर्माण हुनसक्छ ।”

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिरहेका विषयमा समेत उनले प्रश्न उठाए । सबै कुरा लाइभमा गर्न नसकिने बताए । लाइभ कायम राखिए मुख्य कुरा नै नहुने उनको जिकिर छ ।

“सभापतिज्यू, यो केन्द्रीय समिति बैठक लाइभ गर्ने कुरा पनि मलाई उचित लागेको छैन । सबै कुरा लाइभमै भन्नु उचित पनि हुँदैन,” उनले रामायणको कथा सुनाउँदै भने, “रामायणको युद्धमा राम शक्तिशाली छन्, रावण पनि शक्तिशाली छन् । तर, रामले रावणलाई मार्नै सक्दैनन् । जब विभीषणले नाभिमा अमृत भएको बताउँछन्, त्यसपछि मात्र रामले रावणलाई मार्न सम्भव हुन्छ ।”

हालै केन्द्रीय सदस्य मनोनीत भएपछि बैठकमा भण्डारीले पहिलोपटक बोलेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group