ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कोसी प्रदेशको नाम नै सुरक्षा चुनौती बन्यो’


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   २ : ३३   बजे

काठमाडौं, ८ असोज । कोसी प्रदेशको नाम नै सुरक्षा चुनौतीको रुपमा आएको दलका नेताहरुले बताएका छन् । प्रदेश राजधानी विराटनगरमा सोमबार आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताले नामकरणपछि कोसी प्रदेशमा सुरक्षा चुनौती थपिएको बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोसी नामकरणपछि पहिचानवादीको आन्दोलन सुरु भएको बताउँदै भने, “तर, पछिल्लो समय गौहत्याको विषय उठान गर्दै धार्मिक नाममा समेत आन्दोलन हुन थालेपछि थप समस्या सिर्जना भएको छ ।”

नेकपा माओवादी केन्द्र कोसी प्रदेशका सचिव गणेश उप्रेतीले कोसी प्रदेशको नाम नै सुरक्षा चुनौतीको रुपमा आएको बताए । उनले भने, “राजनीतिक दलका विरुद्ध र व्यवस्थाप्रति साम्प्रदायिक ढंगले अघि बढाउन खोजिएको छ । निगरानी राख्नुपर्छ । नामकरणको विषयमा संघ सरकार र प्रदेशले नयाँ ढंगले छलफल गरी समस्या समाधान गर्नेबारे प्रयास थालिनुपर्छ ।”

रास्वपाका राजेश तिम्सिनाले नाम आएपछि प्रदेशमा सुरक्षा चुनौती थपिएको बताउँदै भने, “सरकार अस्थिर छ । यही प्रदेशमा पहिचानको आन्दोलन उठेको छ । धार्मिक कुरा उठेका छन् । सरकार संवेदनशील बनेर समस्या समाधान गर्नेबारे सक्रिय हुनुपर्छ ।”

जसपाका प्रदेश संयोजक दिपक याख्खाले नामकरणपछि आन्दोलन सुरु भएको भन्दै दमन गरेर आन्दोलनकारीलाई धरपकड र थुनामा राखिएको बताए । “उत्पीडित जनताले उठाएको जायज माग पूरा गरिनुपर्छ,” उनले भने । वार्ता र संवादबाट नै समस्या समाधान गर्नेबारे सरकारलाई गम्भीर बन्न उनले आग्रह गरे ।

नेकपा एकीकृत समाजवादी कोसी प्रदेश अध्यक्ष बलदेव चौधरीले बाँच्न पाउने अधिकार नै पहिलो अधिकार भएको भन्दै विधिको शासनमा प्रहार भए कोही सुरक्षित नहुने बताए ।‌

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group