ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भेप’ प्रकरणको अनुसन्धानमा किन ढिलाइ ?


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   ५ : ०७   बजे

काठमाडौं, ८ असोज ।  इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । राहुल भदौ १३ मा पक्राउ परेका हुन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ‘सङ्गठित तस्करी’ विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

राहुललाई पक्राउ गरेको २७ दिन पुगे पनि भेप प्रकरणमा संलग्न अन्य आरोपीलाई सीआईबीले पक्राउ गर्न सकेको छैन । दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ । ब्युरोले यसअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन लुकाएको ७ सय ३० वटा भेप चोरेको आरोपमा अनुसन्धान गरेर प्रतिवेदन बुझाइसकेको छ । सुन चोरेर बेच्ने समूहविरुद्ध ब्युरोले ‘आपराधिक विश्वासघात’ विरुद्धको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो ।

भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुन चिनियाँ नागरिकले दुबईबाट ल्याएको सीआईबीले गरेको अनुसन्धानबाट खुलेको छ । सुन लुकाएको ७३० वटा भेप चिनियाँ नागरिक लि हासोङ्गले त्रिभुवन विमानस्थलसम्म ल्याएको ब्युरोका एसएसपी दिनेश आचार्यले  बताए । उनले भने, ‘दुबईबाट चिनियाँ नागरिक हासोङ्गले सुन ल्याएर विमानस्थल भन्सारमा छाडेको देखिन्छ ।’

त्यसपछि सुन छुटाउन चिनियाँ तस्कर दाओजिन वाङले पूर्व सभामुख कृष्ण बहादुर महरालाई गुहारेका हुन् । दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको ब्युरोको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।

सुन तस्करीमा सङ्गठित गिरोह संलग्न रहेको प्रहरीका उच्च अधिकृतहरू बताउँछन् । तर, ब्युरोले राहुल बाहेक थप आरोपीलाई पक्राउ गर्न सकेको छैन । राहुल पक्राउ परेको २७ दिन पुरा भैसकेको छ । भेप प्रकरणमा प्रहरीले जीवन कुमार गुरुङ सहित केही शंकितहरुसँग बयान लिएको छ । अब, प्रहरीसँग करिब १ महिना अनुसन्धान गर्ने समय छ । अनुसन्धानमा ढिलाइ भएकोबारे ब्युरोका अधिकृतहरू भन्छन्, ‘अनुसन्धान हुँदै छ ।’

भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनै जना फरार छन् । फरार चिनियाँको खोजीका लागि चिनियाँ राजदूतावाससँग सहयोग मागिएको ब्युरोका एक जना उच्च अधिकृतले  बताए ।

जाँचबुझ आयोग बनाउन विवाद

सुन तस्करीबारे उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेबारे सत्तामा भएका राजनीतिक दल र प्रतिपक्षी नेकपा एमालेको बीचमा विवाद छ । ६० किलो सुन प्रकरणमा सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएपछि आयोग गठन गर्नेबारे सहमति भएको थियो । तर, क्षेत्राधिकारमा विवाद भएपछि ६० किलो र भेपसहित समग्र सुन तस्करीबारे छानबिन आयोग बन्न सकेको छैन ।

नेकपा एमालेले केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानलाई सन्दर्भ सामग्रीको रूपमा मात्र लिनुपर्ने प्रस्ताव गरेको छ । तर, सत्तामा भएका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सीआईबीको अनुसन्धानमा छुटेकालाई पूरक प्रस्ताव मार्फत कारबाहीको दायरामा ल्याउन सुझाव दिनुपर्ने तर्क गर्दै आएको छ ।

यसैगरी असंलग्नलाई सीआईबी र सरकारी वकिलले प्रतिवादी बनाएको भएमा छाड्ने सुझाव दिने गरी आयोग गठन गर्नुपर्ने आफूहरुको प्रस्ताव रहेको कांग्रेसका एक जना केन्द्रीय सदस्यले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu