ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक


एबीसी न्यूज
९ आश्विन २०८०, मंगलबार   ५ : १७   बजे

काठमाडौं, ९ असोज । नेकपा एमाले वाग्मती प्रदेशले नेपाली कांग्रेसलाई सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक भनेको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक प्रतिवेदनमा एमालेले कांग्रेसबारे यस्तो उल्लेख गरेको हो ।

कांग्रेस पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने मूलतः ‘वर्ग चरित्र दल पूँजीवादी’ पार्टी भएको प्रतिवेदनमा उल्लेख छ । कांग्रेस राष्ट्रियताको सवालमा ढुलमुले र बाह्य शक्तिसँग साँठगाँठ गरी संसयकारी भूमिका निर्वाह गर्ने दल भएको उल्लेख छ ।

“आर्थिक सोच वित्तीय एकाधिकारी नवउद्धारवादी चिन्तनको पक्षपोषण गर्दछ । सङ्कीर्ण वर्ग चरित्रको कारण सम्झौता परस्त, राष्ट्रियताको सवालमा ढुलमुले र बाह्य शक्तिसँग साँठगाँठ गरी संसयकारी भूमिका निर्वाह गर्ने गर्दछ,” प्रतिवेदनमा लेखिएको छ, “कम्युनिष्टसँग नकारात्मक भाव राख्ने, सत्तामा पुग्दा सर्वसत्तावादी सोच राख्दछ । जनताको सामाजिक, सांस्कृतिक अधिकारप्रति अनुदार, ठुला पूँजीपती वर्गको रक्षक ।”

कांग्रेस मुलुकमा द्वन्द्वको विजारोपण भएको भन्दै एमालेले प्रतिवेदनमा कांग्रेस सत्तामा हुँदा अधिनायकवादी र सत्ताबाहिर अस्थिरताको कारक बन्ने गरेको लेखेको छ ।

प्रतिवेदनमा लेखिएको छ, “वि।सं। २०४६ को आर्थिक उदारवादको नीति लिएका कारण अहिले नेपालमा आर्थिक विषमता, सार्वजनिक क्षेत्रमा राज्यको लगानी कटौती, किसानहरूलाई सिमान्तीकरण, मुलुकमा द्वन्द्वको विजारोपण, सत्तामा हुँदा अधिनायकवादी र सत्ताबाहिर अस्थिरताको कारक बन्दछ । नेकपा एमालेप्रति सदैव द्वेष र वैरभाव राख्ने नेपाली कांग्रेसको कारण पटकपटक प्राप्त प्रजातन्त्र समेत गुमेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group