ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिन पो रहेछ, रविको कटाक्ष :


एबीसी न्यूज
१४ आश्विन २०८०, आइतबार   २ : ३५   बजे

काठमाडौं, १४ असोज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालगञ्जका गुन्डा नाइके रिगल भनिने योग ढकाललाई संविधान दिवसका दिन बाँकी सजाय माफी मिनाहा गरि रिहा गरेकोमा आक्रोश पोखेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकका क्रममा उनले नेपाली कांग्रेसनिकट तरुण दलका कार्यकर्तासमेत रहेका ढकाललाई सरकारले माफी मिनाहाको सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलले रिहा गरेकोमा आपत्ति जनाएका हुन्।

‘राष्ट्रपतिले असोज ३ गते काठमाडौंमा रात्रिभोजको आयोजना गर्नु भएको थियो। त्यस दिन म सहभागी हुन पाइनँ। त्यही दिन रोल्पाको एक परिवारको घरमा ढिंडो खाँदै थिएँ’, उनले भने, ‘तर संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिनु पो रहेछ।’

उनले रिगललाई माफी मिनाहा दिन पहल गरेको नेपाली कांग्रेसमा आफू कहिल्यै संलग्न नभएकोमा खुसी व्यक्त गरे।

‘म खुसी छु त्यो पार्टीको जुठो कहिल्यै खानु परेन’, सत्तारुढ कांग्रेसप्रति कटाक्ष गर्दै उनले भने, ‘हामीले ल्याएको संविधान दिवस त ज्यानमारालाई रिहा गर्न पो रहेछ। संविधान दिवसका दिन गरिएको उक्त निर्णय घोर विरोध गर्छु।

दिउँसै मानिस काटेर आजीवन जेल गएकोलाई उन्मुक्ति दिने यो कस्तो दिवस, यो कस्तो सरकाररु’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group