ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवक्ता सापकोटा : चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ


एबीसी न्यूज
१४ आश्विन २०८०, आइतबार   ३ : १०   बजे

काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनसँग भएको भैंसीको मासु निर्यातको सहमतिले देशको व्यापार घाटा न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘भैंसीको मासु निर्यात गर्ने कुरा भएको छ। नेपाल कृषिप्रधान देश हो। त्यसमा पनि पशुको कुरा गर्दा भैंसीपालन नै हो। त्यो हाम्रा लागि प्रचुर सम्भावना छ। यसमा पनि सहमति भएको छ।’

उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए।

‘हामीले यसको दूरगामी महत्व, खोज अनुसन्धान गरेर उत्पादनलाई गुणात्मक ढंगले बढाउन सक्यौं भने हाम्रो व्यापार घाटा न्यूनिकरण गर्न धेरै महत्वपूर्ण भूमिका खेल्नेछ,’ उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले भने।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा नेपालमा उत्पादित भैंसीको मासु आयात स्वीकृति तथा अमिलो जातका फलफूल निर्यातको लागि प्रयोगशाला बनाउन चीनले सघाउने उल्लेख छ।

विज्ञहरुले यो सम्झौतालाई ‘कार्यान्वयन गर्न कठिन र रहरका लागि गरिएको सम्झौता’का रुपमा अर्थ्याएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान केन्द्र लुम्लेको ‘व्यावसायिक मासु उत्पादनका लागि पाडापालन प्रविधि’ विषयक प्रकाशनका अनुसार देशको कुल मासु उत्पादनमा भैंसीको योगदान ६५ प्रतिशत छ।

तर, नेपालको भैंसी वा राँगाले मात्रै यहाँको माग धान्दैन। वर्षेनि भारतबाट ठूलो संख्यामा भैंसी–राँगा आयात गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group