ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव मरासिनीले गोप्यरूपमा निकासा गरेका थिए रकम, कार्यक्रममै थिएन पेमेन्ट गेटवे


एबीसी न्यूज
१५ आश्विन २०८०, सोमबार   ३ : ४१   बजे

काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेुको खरिदमा भ्रष्टाचार गरेको आरोपमा दुई सचिवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र एनआईटीसी अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेुमा संलग्नहरूमाथि अख्तियारले २४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

करिब ६ वर्षअघि पेमेन्ट गेटवे खरिदमा तत्कालीन र बहालवाला सचिवदेखि कम्प्युटर इन्जिनियरसम्म मुछिएका छन् ।

अख्तियारले यस योजनामा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा र अर्थमन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको समेत संलग्नता रहेको बताएको छ ।

यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक र हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसमेत यसमा संलग्न रहेको अख्तियारको दाबी छ ।

केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक रहेका सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृतद्वय निमबहादुर वली र रामबहादुर बुढा र कम्प्युटर इन्जिनियर रामशरण गायकसमेत गरी ९ जनाविरुद्ध अख्तियारले २५ करोडको खरिद योजनामा सरकारी रकमको दुरुपयोग गरेको निष्कर्षसहित मुद्दा हालेको हो ।

नीति तथा कार्यक्रममै थिएन, गोप्यरूपमा रकम निकासा

अख्तियारले पेमेन्ट गेटवे योजना सरकारको नीति तथा कार्यक्रममा समावेश नै नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले समेत बजेट माग नगरेको बेला रकम विनियोजित भएको खुलासा गरेको छ । यस्तोमा नेसनल पेमेन्ट गेटवे खरिदका लागि सचिव मरासिनीले मनपरी गरेको अख्तियारको निष्कर्ष छ ।

पेमेन्ट गेटवे खरिदका लागि एलएमबीआईएस बजेट प्रविष्टिका नियमित चरण पूरा नगरी, आवश्यक कागजात समावेश नगरी, आफू मातहत वा माथिल्ला अधिकारीलाई जानकारी नदिई र बजेट सिलिङभन्दा बाहिर गएर उनले २५ करोड रुपैयाँ रातो किताबमा समावेश गरेको पाइएको हो ।

त्यतिबेला मरासिनी अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख थिए ।

पेमेन्ट गेटवे खरिदका लागि बैकिंङ कारोबारबारे जानकारीहरूसँग समन्वय नगरेको, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ बमोजिम गुरुयोजना तयार नगरेको, सार्वजनिक निकायको स्वीकृति नलिएको र लागत अनुमान स्वीकृत भएको भनेर झुटा विवरण पेस गरेको अख्तियारले बताएको छ ।

तत्कालीन प्रविधि मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष सञ्जय शर्माबाट योजना स्वीकृत भएको थियो ।

यसरी सरकारी रकममा हिनामिनाको उद्देश्यले आर्थिक वर्ष २०७५र०७५ को अन्त्यतिर २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँमा भुक्तानी गरेर पेमेन्ट गेटवे खरिद गरिएको थियो । तर, हालसम्म यो सञ्चालनमा आएको छैन ।

हुँदै नभएका काममा लाखौँ भुक्तानी

यसरी सरकारी कोषको दुरुपयोग गर्ने सञ्जय शर्मा, प्रणिता उपाध्याय, सुनिल पौडेल, रामबहादुर बुढा, रमेशप्रसाद पोखरेल, रामशरण गायक र मधुकुमार मरासिनीविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगोदाबीसहित कानुन अनुसार कैद सजाय र जरिवानाको माग अख्तियारले गरेको छ ।

यस्तै, केन्द्रका तत्कालीन निर्देशक एवं हाल उपनिर्देशक रहेका सफल श्रेष्ठले नेसनल पेमेन्ट गेटवेको म्याद सकिएको सम्झौतामा परामर्शदाताले तालिमसम्बन्धी कार्य गरेको भन्दै झुटो विवरण पेस गरी सरकारी रकममा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनले तालिमसम्बन्धी काम गरेको भन्दै दुईपटक गरी १७ लाख ९९ हजार ७०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही रकम बिगो दाबी गरी अख्तियारले कैद सजाय र जरिवानाको माग राखेको छ ।

यस्तै, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वलीले तालिमसम्बन्धी कामका लागि भनेर १७ लाख ९९ हजार ७०० रुपैयाँ र महालेखा नियन्त्रक कार्यलय र सरोकारवालासँग इन्टिग्रेसन जुन गरिएकै थिएन का लागि भनेर ७१ लाख ७७ हजार ६९७ रुपैयाँ भुक्तानी गरेका थिए ।

अख्तियारले वलीमाथि दुवै कार्यका लागि भुक्तानी गरेको ८९ लाख ७७ हनार ३९७ रुपैयाँ बिगो दाबी गर्दै कानुनअनुसार कैद र जरिवानाको माग गरेको छ ।

नेसनल पेमेन्ट गेटवे खरिदका लागि २०७५ असार १९ गते एक कम्पनीसँग केन्द्रले १९ लाख ८८ हजार अमेरिकी डलर अहिलेको विनिमयदर अनुसार करिब साढे २६ करोड रुपैयाँ० मा सम्झौता गरेको थियो । सोही असार २९ गते अर्थात् १० दिनमै पूरा भएको सम्झौताका लागि त्यतिबेला १८ लाख ६७ हजार अमेरिकी डलर भुक्तानी भएको थियो ।

तर, हालसम्म समेत पेमेन्ट गेटवे सञ्चालनमा आएको छैन र खरिद सफ्टवयर एवं उपकरण प्रयोगविहीन छन् ।

विदेशीसँग ऋण लिएर सूचना–प्रविधिसम्बन्धी ६२ अर्बका सामान खरिदमा अनियमितताको आशंका
सरकारी पेमेन्ट गेटवे सम्झौताको पाँच वर्षसम्म पनि सञ्चालनमा आएन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group