ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   ७ : ५२   बजे

काठमाडौं, १६ असोज ।  पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।

मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनमध्ये धेरैलाई हाईअल्टिच्युडको समस्या हुने गरेको छ। अल्टिच्युडको समस्या भएका दर्शनार्थीलाई विश्रामस्थलमै प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। नवनिर्मित विश्रामस्थललाई पोखरास्थित नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी दिपककुमार बानियाँले उदघाटन गर्दै वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका उपप्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ विकास समितिका अध्यक्ष तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संयुक्त रुपमा हस्तान्तरण समेत गरे।

एकरोपनी क्षेत्रफलमा निर्माण भएको बहुउपयोगी नवनिर्मित भवनमा पार्केटिङ सहितको मेडिकल कक्ष बनाइएको छ। जसमा दुइवटा अक्सिजन सिलिण्डर सहितको दुइ शैयाहको मेडिकल कक्ष बनाइएको छ। अवश्यक मेडिकल उपकरण तथा औषधी, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ वटा बेन्चहरु राखिएको छ। दर्शनार्थीको आकस्मिक उद्दारको लागि भवन भन्दा ५० मिटरको दुरीमा हेलिप्याड समेत निर्माण गरिएको छ।

‘मुक्तिनाथ पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्र हो। मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आन्तरिक तथा बाह्य धार्मिक तीर्थाटन तथा पर्यटकहरु आउने गरेका छन्,’ उदघाटन समारोहमा बोल्दै उपरथी बानियाँले भने, ‘भक्तजन तथा पर्यटकलाई उकालो भ¥याङ उक्लँदा कठिनाई हुने र स्वास्थ्य समस्या देखिने भएकोले दर्शनार्थीमैत्री विश्रामस्थल प्राथमिक उपचार सेवा दिन उपयोगी हुने विश्वास छ।’ यातायातको सहज सुविधामा पुगिने मुक्तिनाथ मन्दिर समुद्रीसतहदेखि ३८ सय मिटरको उचाईमा छ।

विश्रामस्थल नजिकै एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी ‘नेपालको नक्शा’ समेत निर्माण गरिएको छ। पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङबाट आठलाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी ६४ लाख २७ हजार लागतमा विश्रामस्थल निर्माण गरिएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ।

नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्ने उद्देश्यसहित नेपाली सेनाले काम गर्दै आएको छ। बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक वर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति रहेको समेत उपरथी बानियाँले उल्लेख गरे।

उदघाटन समारोहमा सैनिक अस्पताल पोखरा, श्री नं।२३ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्ति क्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

श्री नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन खड्का सोही बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी बिजितराज रेग्मी, सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महासेनानी सुनिलसिंह राठौर, सैनिक अस्पताल पोखराका निमित्त कमाण्डाण्ट डा।अजय राजभण्डारी, नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group