ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेरुसेलम यति धेरै विवादित किन छ ? यस्तो छ कारण


एबीसी न्यूज
२२ आश्विन २०८०, सोमबार   ८ : १२   बजे

काठमाडौं, २२ असोज । जेरुसेलम मुस्लिम, इसाइ र यहुदी ३ धर्म मान्नेहरुको लागि आस्थाको केन्द्र हो । यहाँ अल अक्सा मस्जिद छ । मुस्लिमहरु पैगम्बर मोहम्मद मक्काबाट यहीँ आएको विश्वास गर्छन् । यो मस्जिद नजिकै डोम अफ रक पनि छ । मुस्लिमहरुका अनुसार यहीँबाट पैगम्बर मोहम्मदले स्वर्गको यात्रा गरेका थिए । मक्का र मदिनापछि मुस्लिमहरुले अल अक्सा मस्जिदलाई तेस्रो सबैभन्दा पवित्र स्थल मान्छन् ।

जेरुसेलममा इसाइहरुको पवित्र द चर्च अफ होली सेपल्कर पनि छ । विश्वभरका इसाइहरु यही ठाउँमा इसा मसिहलाई सुलीमा चढाइएको विश्वास गर्छन् । इसाइहरुले यही ठाउँदाई त्यो पवित्र ठाउँ पनि मान्छन् जहाँ इसा फेरि जीवित भएका थिए ।

जेरुसेलममा वेस्टर्न वाल पनि छ । यहुदीहरुका अनुसार यहाँ पहिले उनीहरुको पवित्र मन्दिर थियो र यो भित्तो अर्थात वेस्टर्न वाल त्यही मन्दिरको बाँकी भएको निशानी हो । यहीँ यहुदीहरुको सबेभन्दा पवित्र होली अफ होलीज छ । यहुदीहरु यहीँ इब्राहिमले आफ्ना छोरा इसाकको बलिदान दिएको मान्छन् । यहुदीहरुले यही स्थानबाट विश्वको निर्माण भएको पनि मान्छन् ।

जेरुसेलम ३ धर्मको पवित्र स्थल हुनुका साथै विवादको केन्द्र पनि हो । १९६७ मा भएको युद्धमा जीतपछि इजरायलले पूर्वी जेरुसेलममा पनि कब्जा गरेको थियो । त्यसपछि इजरायलले पूरै जेरुसेलमलाई आफ्नो राजधानी मान्छ । तर, अन्तर्राष्ट्रिय समुदायले इजरायलको यो दावीलाई मान्दैनन् । प्यालेस्टाइनीहरुले पनि प्यालेस्टाइन स्वतन्त्र राष्ट्र बनेपछि इजरायल आफ्नो राजधानी हुने दावी गर्छन् ।

प्यालेस्टाइनीको माग के हो ?

प्यालेस्टाइनीहरु इजरायल १९६७ भन्दा पहिलेको अन्तर्राष्ट्रिय सीमामा फर्किनुपर्ने माग गर्छन् । उनीहरु गाजा पट्टी र वेस्ट ब्यांकमा स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना गर्न चाहन्छन् । उनीहरु इजरायलले पूर्वी जेरुसेलममाथि आफ्नो दावी छाड्नुपर्ने माग गर्छन् ।

उनीहरु प्यालेस्टाइन स्वतन्त्र भएपछि पूर्वी जेरुसेलमलाई आफ्नो राजधानी बनाउन चाहन्छन् । तर प्यालेस्टाइनीको मागलाई इजरायलले पूर्ण रुपमा अस्वीकार गर्दै आएको छ । इजरायल जेरुसेलममा आफ्नो दावी छोड्न तयार छैन । इजरायल जेरुसेलमलाई आफ्नो राजधानी र आफ्नो देशको अभिन्न अंग भन्छ ।

इजरायल र प्यालेस्टाइनबीच केही क्षेत्रलाई लिएर विवाद छ । वेस्ट व्यांक इजरायल र जोर्डनको बीचमा छ । इजरायलले १९६७ को युद्धपछि यो क्षेत्रमा कब्जा गरेको हो । इजरायल र प्यालेस्टाइन दुवै यो क्षेत्रलाई आफ्नो भन्छन् । गाजा पट्टी इजरायल र इजिप्टको बीचमा छ । यहाँ अहिले हमासको नियन्त्रण छ । यो इजरायल विरोधी समूह हो । सेप्टेम्बर २००५ मा इजरायलले गाजा पट्टीबाट आफ्नो सेना फिर्ता बोलाएको थियो । त्यसपछि २००७ मा इजरायलले यो क्षेत्रमा कैयौं प्रतिबन्ध लगाएको थियो ।

यसबाहेक गोलन हाइट्सको विषयमा पनि विवाद छ । यो इजरायल र सिरियाको बीचमा छ । राजनीति र रणनैतिक रुपले महत्वपूर्ण यो क्षेत्रमा पनि १९६७ पछि इजरायलको नियन्त्रण छ । यो क्षेत्रमा इजरायलले कब्जा गरेपछि यस विषयमा कैयौं शान्ति वार्ता भइसकेका छन् तर कुनै सफलता प्राप्त भएको छैन ।

१९६७ मा पूर्वी जेरुसेलममा नियन्त्रण गरेसँगै इजरायल यहाँ जन्मिने यहुदी बालबालिकाहरुलाई इजरायली नागरिक मान्छ तर यही क्षेत्रमा जन्मिएका प्यालेस्टाइनीहरुलाई भने कैयौं शर्तहरुको साथमा यहाँ बस्न दिइन्छ । यीमध्ये एउटा शर्त यो पनि हो कि निश्चित समयभन्दा धेरै जेरुसेलमबाट बाहिर बसेमा उसलाई दिइएको जेरुसेलममा बस्ने अधिकार खोसिन्छ । इजरायलको यो नीतिलाई कैयौं मानव अधिकार समूह विभेदकारी नीति भन्छन् । तर इजरायलले यी आरोप अस्वीकार गर्दै आएको छ ।

कति पुरानो हो यो संघर्ष ?

यो संघर्ष कम्तीमा १ सय वर्षदेखि चलिआएको छ । अहिले जहाँ इजरायल छ त्यहाँ कुनै समय टर्कीको शासन थियो र यसलाई ओटोमान साम्राज्य भनिन्थ्यो । १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । विश्वयुद्धमा टर्कीले मित्र राष्ट्रको विरोधी पक्षको साथ दियो । मित्र राष्ट्रमा बेलायत पनि थियो तर टर्कीले विरोधी पक्षको साथ दिएकोले टर्की र बेलायत विपक्षी भए । त्यतिबेला बेलायती साम्राज्य आफ्नो उत्कर्षमा थियो जसको नतिजा बेलायतले युद्ध जित्यो र ओटोमान साम्राज्य बेलायतको नियन्त्रणमा पुग्यो ।

यो समउ जियोनिज्मको भावना चरम अवस्थामा थियो । जियोनिज्म एक राजनैतिक विचारधारा थियो जसको उद्देश्य एक अलग र स्वतन्त्र यहुदी राज्य स्थापना गर्ने थियो । यही भावनाका कारण यहुदीहरु ओटोमान साम्राज्यमा आउन थाले । प्यालेस्टाइन पनि भनिने यो क्षेत्रमा यसरी विश्वभरीबाट यहुदीहरु आउन थालेपछि १९१७ मा बेलायतका विदेश सचिव जेम्स बेलफोरले बेलायत प्यालेस्टाइनलाई यहुदीहरुको मातृभूमि बनाउन प्रतिबद्ध भएको घोषणा गरे ।

१९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो । यो युद्धमा बेलायतलाई धेरै नोक्सानी भयो र ऊ पहिलेको जस्तो शक्ति रहेन । अर्कोतर्फ त्यतिबेलासम्म यहुदीहरु प्यालेस्टाइनमा गएर त्यहीँ बस्ने क्रम भने चलिरहेको थियो । यससँगै अन्य देशहरुले बेलायतमाथि यहुदीहरुको पुनर्बासको व्यवस्था गर्न दबाब दिन थाले । अन्ततः बेलायतले आफूलाई यो विवादबाट अलग गर्यो र यो विवाद समाधानको जिम्मा संयुक्त राष्ट्रसंघलाई दियो । संयुक्त राष्ट्रसंघको स्थापना १९४५ मै भएको थियो ।

२९ नोभेम्बर १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई २ भागमा बाँडिदियो । एउटा अरब राज्य बन्यो र अर्को इजरायल बन्यो । जेरुसेलमलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरकारको नियन्त्रणमा राख्यो । अरब देशहरुले संयुक्त राष्ट्रसंघको यो निर्णय मान्न अस्वीकार गरे । उनीहरुले जनसंख्याको हिसाबले आफूहरुले कम जमिन पाएको बताएका थिए ।

खासमा विभाजनपछि प्यालेस्टाइनले कूल भूभागको आधाभन्दा कम भूभाग पायो जबकि विभाजनभन्दा पहिले ९० प्रतिशत भूभागमा अरबीहरुको नियन्त्रण थियो । यसको अर्को वर्ष इजरायलले स्वयंलाई एक स्वतन्त्र राष्ट्र घोषित गर्यो । अमेरिकाले तत्कालै एक देशको रुपमा इजरायललाई मान्यता दियो । त्यसपछि अरब देश र इजरायलबीच कैयौं युद्ध भए । इजरायलले हरेक युद्धमा अरब देशहरुलाई जित्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group