ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले, युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै:


एबीसी न्यूज
२२ आश्विन २०८०, सोमबार   १२ : ४८   बजे

काठमाडौं, २२ असोज । अमेरिकाले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएको छ । शनिबार हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वका बीच अमेरिकाले इजरायललाई थप हतियार र गोलाबारुद समेत दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आक्रमण अभूतपूर्व र डरलाग्दो भएको बताएका छन् । इजरायलमा ज्यान गुमाउनेमा आफ्ना नागरिक भएको पुष्टि गर्नतर्फ समेत अमेरिकाले काम गरिरहेको छ ।

इजरायलले ७०० भन्दा बढी नागरिक मारिएको र १०० भन्दा बढीलाई अपहरण गरिएको बताएको छ । प्यालेस्टाइनतर्फ ४०० भन्दा बढी मानिस मारिएको बताइएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले यूएसएस गेराल्ड आर फोर्ड विमानवाहक, मिसाइल क्रुजर र चारवटा मिसाइल विनाशक–डिस्ट्रोयर इजरायलतर्फ गइरहेको र लडाकु विमानसमेत पठाइने बताएका छन् ।

ह्वाइट हाउसले आगामी दिनमा इजरायललाई थप सैन्य सहायता पठाइने बताएको छ ।

इरानका राष्ट्रपति इब्राहिम राइसीले हमासको आक्रमणलाई समर्थन गर्दै इजरायलले यस क्षेत्रलाई खतरामा पारेको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

इजरायली सेनाले गाजाबाहिर सातदेखि आठ ठाउँमा हमास लडाकुविरुद्ध लडिरहेको बताएको छ । इजरायली सेनाका एक अधिकारीले रक्षात्मक स्थिति बनाउन अपेक्षा गरेभन्दा बढी समय लागिरहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu