काठमाडौँ । मेडिकल व्यवसायी दुर्गाप्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल र सरकारबीच शनिबार १४ बुँदे सहमति भएको छ। यस सहमतिसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।
महाभियानका प्रतिनिधिहरू काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा बसेका थिए। सरकारद्वारा गठित वार्ता टोलीबिच गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो।
सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सो सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्