काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल सरकारको नेतृत्व सम्हाल्न आग्रह गरेका छन्।
अध्यक्ष साम्पाङले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले देशमा सुशासन र विकास दिन नसक्ने टिप्पणी गरेका हुन्।
लामिछानेलाई सम्बोधन गर्दै साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, “तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ, न विकास।”
उनले जनतालाई आवश्यक ग्याससमेत उपलब्ध गराउन नसकेको भन्दै वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। देशमा सुशासन र विकासका लागि नयाँ नेतृत्व आवश्यक रहेको साम्पाङको भनाइ छ।
सरकारप्रति असन्तुष्टि
साम्पाङले वर्तमान सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले रवि लामिछानेले तत्काल सरकारको नेतृत्व लिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्