ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास द्वन्द्व ५५ जना सुरक्षित स्थानमा, पाँच बंकरमा रहेका नेपाली विद्यार्थीलाई सार्ने तयारी


एबीसी न्यूज
२३ आश्विन २०८०, मंगलबार   १२ : ३७   बजे

काठमाडौ, २३ असोज । इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । सोमबार त्यहाँबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् ।

इजरायलको तेल अभिभस्थित नेपाल राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार उक्त स्थान प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको गाजासितको सीमाक्षेत्र हो ।

त्यहाँबाट ५५ नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा पुर्‍याएको राजदूत रिजालले बताइन् ।

“द्वन्द्व प्रभावित दक्षिण क्षेत्रबाट हिजो ५५ नेपालीलाई इजरायलको सेनाले सुरक्षित स्थानमा पुर्‍याएको छ,” उनले बाह्रखरीसित भनिन् ।

यस्तै, अशान्त रहेको उत्तरी क्षेत्रमा पाँच बंकरमा केही नेपाली विद्यार्थी रहेका उनले बताइन् । त्यहाँबाट उनीहरूलाई अर्को सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको उनले जानकारी दिइन् ।

“द्वन्द्व प्रभावित उत्तर क्षेत्रमा पाँचवटा बंकरमा नेपाली विद्यार्थी छन्,” उनले भनिन्, “उनीहरूलाई थप सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । त्यसका लागि बस तयारी अवस्थामा छ । इजरायली सेनाको अनुमति पर्खिरहेका छौँ ।”

अशान्त रहेको उत्तरको उक्त स्थान लेबनानसितको सीमाक्षेत्र भएको प्रथम सचिव घिमिरेले जानकारी दिए ।

गएको शनिबार हमासले एक्कासि इजरायलमा आक्रमण गरेपछि दुईतर्फी द्वन्द्व जारी छ । हमासको आक्रमण परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ । पछिल्लो द्वन्द्वमा दुवैतर्फ गरी १५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu