ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई समाजवाद चाहिँदैन, माओवाद नछोडेसम्म माओवादीसँग आस गर्न सकिँदैन : भुसाल


एबीसी न्यूज
२३ आश्विन २०८०, मंगलबार   ३ : ००   बजे

काठमाडौ, २३ असोज । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्नो पार्टीसँग मात्र देश बनाउने एजेन्डा रहेको जिकिर गरेका छन् ।

एकीकृत समाजवादीको जागरण अभियानका क्रममा मंगलबार दाङमा आयोजित एक कार्यक्रममा उनले नेपालका अरू राजनीतिक पार्टीमा देश बनाउने एजेन्डा नै नरहेको टिप्पणी गरे ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् चल्न नदिने र सत्तामा जाने दाउमा मात्र सीमित रहेको आरोप लगाए ।

“कोसँग एजेन्डा छ रु ओलीजी संसद् चल्न नदिने, गडबडी पैदा गरेर फेरि सरकारमा कसरी जान सकिन्छ भनेर दिनरात लागेका छन् । अब त्योभन्दा बढी जिन्दगीमा केही गर्दैनन्,” भुुसालको आरोप छ, “तिनले जहिलेसम्म एमालेको नेतृत्व गर्नेछन्, त्यो नेकपा एमालेलाई नरकतर्फ लतार्नेछन् । दक्षिणपन्थतर्फ लतार्नेछन् । सत्तालिप्साको वरिपरि लैजानेछन् ।”

उनले नेपाली कांग्रेसका निम्ति समाजवाद आइसकेको भन्दै कटाक्ष गरे । “कांग्रेसलाई समाजवाद आइसक्यो । उसलाई अब केही चाहिँदैन । १८ वर्षकाले भोट दिने हो, बजारले राज गर्ने हो । विकास उद्योगपति, पुँजीपतिले गर्छ । उसको सिद्धान्त नै त्यही हो,” उनले भने, “त्यसमा इमानदार छ । उसले समाजवाद ल्याएर देखाउँछौँ भनेको छैन । शेरबहादुर देउवाले भनेको सुन्नुभएको छ रु अरू नेताले भनेको सुन्नुभएको छ रु”

नेकपा माओवादी केन्द्रले माओवाद नत्यागेसम्म आस गर्न नसकिने उनको भनाइ छ । “माओवादी क्रान्तिको ठूलै कुरा गरेर आएको हो । उसका विरासतका कारणले, खास गरी सैद्धान्तका कारणले,” उनले भने, “हामीले समृद्ध र समाजवादी नेपाल बनाउनुपर्नेछ । उसले जनवादी क्रान्तिको माओवादी सिद्धान्त बोकेर हिँडेको छ । जहिलेसम्म माओवाद छोड्दैन, तबसम्म माओवादीबाट आस गर्ने ठाउँ पनि छैन ।”

उनले लोकतान्त्रिक गणतन्त्रमा पनि जनताले नयाँ जिन्दगी पाउन नसकेको बताए । जताततै उकुसमुकुुस भइरहेको उनले उल्लेख गरे । यस्तो बेलामा एकीकृत समाजवादी नै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपाली नागरिकका छोराछोरीले काम नपाउँदासम्म उँभो लाग्न नसकिने भुसालले बताए । अबका १० वर्षको वरिपरिमा गरिबी, बेरोजगारी उन्मूलन गर्ने योजनाका साथ एकीकृत समाजवादी अगाडि उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu