ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप आयात हुन नसक्दा बजारमा चिनीको अभाब,साल्ट ट्रेडिङमै मौज्दात कम


एबीसी न्यूज
२४ आश्विन २०८०, बुधबार   ८ : ४७   बजे

काठमाडौ २४ असोज । केही दिनअघि सरकारले चिनीको अभाव नहुने दाबी गरेको थियो तर बजारमा चिनीको अभाव भएको छ ।व्यापारीले मौज्दात भएका चिनी लुकाउँदा बजारमा अहिले चिनीको अभाव भएको हो । धेरैजसो ठाउँमा अहिले चिनी पाइँदैन । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाउनेलाई कारबाही गर्न बजार अनुगमन भइरहेको र थप चिनी आयातका लागि प्रक्रिया अगाडि बढिसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दाबी थियो ।

तर, दाबी गरिएअनुसार चिनीको आयात हुन सकेको छैन भने कालोबजारी गर्नेलाई पनि कारबाही भएको छैन ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीमा रहेको बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ ।

थापाथलीमा मात्र नभइ खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ ठाउँमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ ।साल्ट ट्रेडिङमै मौज्दात कम भएपछि चिनी ल्याएर बेच्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले जानकारी दिए ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि चिनीको मौज्दात सकिन लागेको छ । अहिले साल्ट ट्रेडिङसँग झण्डै चार सय मेट्रिक टन मात्र चिनी मौज्दात रहेको सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।

दशैँ तिहारको समयमा एक महिनामा ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको उनी बताउछन।खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलले एक व्यक्तिलाई अधिकतम दुई किलोभन्दा बढी नहुने गरी प्रतिकिलो ९७ रुपैयाँका दरले चिनी बिक्री गर्दै आएको थियो ।

अस्ति सार्वजनिक लेखा समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो ।चिनी खरिदका लागि आह्वान गरेको आन्तरिक टेण्डरमा कुनै पनि कम्पनीको आवेदन नपरेको तथा अहिले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट चिनी खरिदको काम भइरहेकाले केही समय लाग्ने दुवै जनाले लेखा समितिमा जवाफ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group