ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको प्रश्नै प्रश्न ? अख्तियार पदाधिकारीलाई


एबीसी न्यूज
२४ आश्विन २०८०, बुधबार   २ : २६   बजे

काठमाडौं, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् ।

राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफल गर्न बुधबार आयोगका पदाधिकारीहरुलाई बोलाएका थिए । बैठकमा लामिछानेले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र त्यसमा पनि दोषी ठहर हुने प्रतिशत निकै कम रहेको तथ्यांक प्रस्तुत गर्दै भने, ‘अख्तियारको न डर रहृयो न भर ।’

‘सोझा साझा निमुखलाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि प्रहरीले समाउला कि रु सरकार लाग्ला कि भन्ने डर छ’ उनले अघि भने, ‘अरुलाई चाहिँ डर र भर गयो । अख्तिारको दाह्रा पनि रहेन, नङ्ग्रा पनि भएन ।’

अख्तियारले पछिल्लो समय सहसचिव र सचिवभन्दा माथिका कसैलाई पनि मुद्दा नचलाएको भन्दै ठुला माछा खोई भनेर प्रश्न गरे । उनले अघि भने, ‘अख्तियारको नजरमा यही नै ठूला माछा हो कि ?

उनले केही मुद्दामा के भयो भनेर प्रश्न गरे । ८ भदौ २०७३ मा अख्तियारले पत्रकार सम्मेलन गरेर लडाकु शिवरमा भएको घोटालाको छानबिनलाई तीव्र बनाएको बताएको स्मरण गर्दै लामिछानेले सोधे, ‘यो छानविन अहिले कहाँ पुगेको छ रु टुंगियो कि कायमै छ रु’

नेतृत्व परिर्वतन भएपछि अख्तियारभित्रै हराएको भन्ने सुनेको भन्दै उनले छानबिन जारी छ भन्ने रेडिमेड जवाफ कहिलेसम्म सुन्नुपर्ने हो भनेर प्रश्न गरे ।

वाइडबडी खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले २०७५ मै ४ अर्ब बढी अनियमितता भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको भन्दै उनले सोधे, ‘यसमा के भयो  ?

२०७७ मा लेखा समितिले नै स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भनेर थप छानबिन गर्न अख्तियारलाई लेखेर पठाएको भन्दै भन्दै उनले यस ९ओम्नी प्रकरण०बारे छानबिन भइरहेको छ कि फाइल क्लोज भइसक्यो कि केही थाहा भएको छैन ।’

नेपाल ट्रष्टको ऐन नै संशोधन गरेर गोकर्ण रिर्सोटको जग्गा यति समूहलाई दिएको विषयमा पनि छानबिन भए नभएको प्रष्ट पार्न उनले आग्रह गरे ।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले घुस लिएको भनेर फिफाले देखेको भ्रष्टाचार अख्तियारले किन देखेन भनेर पनि प्रश्न गरे ।

‘अख्तियारले तामेलीमै राखेको नक्कली भुटानी शरणार्थी प्रकरणमा त पूर्व गृहमन्त्रीसहित यतिका मान्छेहरु जेल गए । यो तामेलीमा राख्नु पर्ने विषय रहेनछ, अनुसन्धान गर्दा अगाडि बढ्ने ठाउँ रहेछ,’ उनले अघि भने, ‘ललिता निवासमा अगाडि बढ्ने ठाउँ रहेछ । कानुन बनाउन कन्जुस्याइँ गरौं भनेको होइन, तर भएको कानुनमा टेकेर काम गरेका छौ कि छैनौं ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group