ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टक चिनी सरकारलाई दिन उद्योगहरू सहमत, साल्ट ट्रेडिङमार्फत बजार पठाइने


एबीसी न्यूज
२४ आश्विन २०८०, बुधबार   २ : ५२   बजे

काठमाडौं, २४ असोज । बजारमा चिनी अभाव भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले सहजताका लागि पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगहरुमा भएको स्टक चिनी चाडपर्वमा सर्वसाधारणलाई बिक्री गर्न सरकारलाई दिन आग्रह गरेका छन् ।

मन्त्रीले मंगलबार उद्योगी र बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईका प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गरेका थिए । उक्त छलफलमा उद्योगमा रहेको चिनी वेभरेज कम्पनीहरूले एडभान्स दिएर बुकिङ गरेको बताएका थिए । त्यो चिनी सरकारलाई दिँदा आफूहरूलाई समस्या पर्ने पनि उनीहरूको भनाइ थियो ।

तर, समस्या नपर्ने तरिकाले चाडपर्वलाई लक्षित गरी केही चिनी उपलब्ध गराउन मन्त्री रिजालले उद्योगीसँग अग्रह गरेका थिए । पछि चाहिएको खण्डमा सरकारले उद्योगीलाई चिनी उपलब्ध गराउने मन्त्री रिजालले प्रतिवद्धता गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले बताए । यो चिनी साल्ट ट्रेडिङमार्फत बजारमा पुर्‍याउने भनिएको चिलुवाल बताउँछन् ।

“बजारमा चिनी अभाव भएपछि अध्ययन गरियो । बजारमा एकरदुईवटा उद्योगमा एक लाख ८८ हजार क्विन्टेल चिनी थियो । उहाँहरुले कति चिनी हामीलाई दिनुहुन्छ भन्ने अहिलेसम्म निश्चित भएको छैन,” उनले भने, “दिने सैद्धान्तिक सहमति भएको हो । उद्योगले पनि दिन र अरू कम्पनीले बुक गरेको केही छोड्दिन भनेका छौंँ । अहिले हामीले उपझोक्ताको भान्सा चलाउने हो भनेर कुरा भइरहेको छ ।”

भारतबाट चिनी निर्यात बन्द भएपछि अब आन्तरिक चिनीले नै काम चलाउनु पर्ने उनले बताए । “चिनी उद्योगले हामीलाई समस्या पर्छ भनेका छन् । उहाँहरूलाई समस्या पर्दा हामीले पनि राजस्व गुमाउँछौँ । तर, पहिलो प्राथमिकता चाडपर्वलाई दिन खोजेका छौँ,” उनले भने ।

चिनीको दैनिक माग अरू समयमा ५० हजार क्विटल हुने गरेको छ । तर, चाडपर्वमा भने अलिक बढी माग हुने गरेको उनी बताउँछन् । यो चिनीको मूल्य पनि धेरै नहुने उनी बताउँछन् ।

“बजारमा पसलले बेच्दा ११० भन्दा बढी हुँदैन । तर, यो प्रारम्भिक अध्ययन हो । हामीले खरिद गरेकै मूल्यमा बजारमा दिन्छौँ । उहाँहरुलाई पनि ढुवानी खर्च र २र३ रुपैयाँ मात्र नाफा थप गरेर बेच्न लगाउँछौँ,” उनले भने ।

यो चिनी साल्ट ट्रेडिङले खरिद गरेपछि बजारमा प्रतिपसल दुई बोराका दरले उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu