ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई फोरममा उपप्रधानमन्त्री खड्काका साथै झलनाथ खनाल पनि सहभागी हुने


ABC NEWS
२४ आश्विन २०८०, बुधबार   ४ : ३१   बजे

काठमाडौं २४ असोज । छिमेकी देश चीनले आयोजना गर्ने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सत्तारुढ नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल समेत सहभागी हुने भएका छन्।

फोरममा नेता खनालका अलावा सो पार्टी सम्बद्ध बुद्धिजीवी प्रा.डा. युवराज संग्रौलाले भाग लिन लागेका हुन्।
चीनले आयोजना गरेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुने भएका छन्।
सो कार्यक्रममा नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री पूर्ण वहादुर खड्का नेतृत्वको टोलीले सहभागिता जनाउने छ । दोस्रो विआरएफ २०१९ मा राष्ट्रपछि विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् ।

तेस्रो ‘बीआरएफ’ मा सहभागी हुने भएपछि पार्टीले १४ असोजदेखि सुरु गरेको मेची–महाकाली समाजवादी जागरण अभियानमा सहभागी खनाल आजै नेपालगञ्जबाट काठमाडौं आउँदैछन्।

‘हो, पार्टीको तर्फबाट तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ्स फोरममा भाग लिन सम्मानित नेता झलनाथ खनाल चीन जाँदै हुनुहुन्छ’ एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘चीन जाने कार्यक्रम तय भएकाले उहाँ आजै साँझ काठमाडौं फर्कंदै हुनुहुन्छ।’

पूर्व प्रधानममन्त्री समेत रहेका सम्मानित नेता खनाल एकिकृत समाजवादीको विभाग प्रमुख समेत छन्। सोही हैसियतमा उनी तेस्रो बीआरएफमा सहभागी हुन लागेका हुन्।

बेल्ट एण्ड रोड फोरममा सम्बन्धित मुलुकको प्रतिनिधित्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारले तोकेको प्रतिनिधिले गर्ने भएपनि दोस्रो बीआरएफमा तत्कालिन सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपाल सहभागी थिए।

उनी त्यो बेला नेकपाको विदेश विभाग प्रमुख थिए।

खनालसँगै तेस्रो बीआरएफमा सहभागी हुन लागेका संग्रौला बीआरआई मामिलाका जानकार समेत मानिन्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का बारेमा उनले पुस्तक समेत प्रकाशित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group