ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीले गरे भारत ‘अतिक्रमित’ नेपाली भूमि गुन्जीको भ्रमण

एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   १ : ०५   बजे

काठमाडौं, २५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ‘अतिक्रमित’ नेपाली भूमि गुन्जीको भ्रमण गरेका छन् । मोदी हेलिकोप्टरमार्फत बिहीबार बिहान ९ः४५ बजे गुन्जी पुगेका थिए ।

उत्तराखण्डको भ्रमण गर्ने क्रममा मोदी भारतको नियन्त्रणमा रहेको नेपाली भूमि गुन्जीमा पुगेका हुन् । नेपालले कालापानी, लिपुलेक, गुन्जी र लिम्पियाधुरा आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । नेपालले ती भूभागलाई समेटेर नयाँ नक्सा समेत जारी गरिसकेको छ ।
भारतले भने कालापाली, लिपुलेक, गुन्जी र लिम्पियाधुरा आफ्नो भूभाग भएको जिकिर गर्दै आएको छ ।

वार्तामार्फत सीमा समस्या समाधान गर्न नेपालले पटक–पटक अनुरोध गरे पनि भारतले बेवास्ता गर्दै आएको छ ।

बिहीबार बिहान करिब ८ः४५ बजे उत्तराखण्डको पिथौरागढ जिल्लाको जोलिङकङ पुगेर मोदीले पार्वतीकुण्डको दर्शन र पूजा गरेका थिए । दर्शन गरेका तस्बिर मोदी आफैँले सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ‘अतिक्रमित’ नेपाली भूमि गुन्जीको भ्रमण गरेका छन् । मोदी हेलिकोप्टरमार्फत बिहीबार बिहान ९ः४५ बजे गुन्जी पुगेका थिए ।

उत्तराखण्डको भ्रमण गर्ने क्रममा मोदी भारतको नियन्त्रणमा रहेको नेपाली भूमि गुन्जीमा पुगेका हुन् । नेपालले कालापानी, लिपुलेक, गुन्जी र लिम्पियाधुरा आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । नेपालले ती भूभागलाई समेटेर नयाँ नक्सा समेत जारी गरिसकेको छ ।

भारतले भने कालापाली, लिपुलेक, गुन्जी र लिम्पियाधुरा आफ्नो भूभाग भएको जिकिर गर्दै आएको छ ।

वार्तामार्फत सीमा समस्या समाधान गर्न नेपालले पटक–पटक अनुरोध गरे पनि भारतले बेवास्ता गर्दै आएको छ ।

बिहीबार बिहान करिब ८ः४५ बजे उत्तराखण्डको पिथौरागढ जिल्लाको जोलिङकङ पुगेर मोदीले पार्वतीकुण्डको दर्शन र पूजा गरेका थिए । दर्शन गरेका तस्बिर मोदी आफैँले सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् ।

पार्वतीकुण्डको दर्शन र पूजा गर्दा मन आनन्दित भएको मोदीले जनाएका छन् । उक्त स्थानबाट कैलाशको दर्शन गर्दा पनि मन हर्षित भएको उनले उल्लेख गरेका छन् ।

मोदीले गुन्जी गाउँमा स्थानीयवासीसँग अन्तरक्रिया गर्नुका साथै त्यहाँको कला र उत्पादन झल्कने प्रदर्शनीको अवलोकन गरे । उनले त्यहाँ सेना, इन्डो–तिब्बत सीमा प्रहरी र सीमा सडक संगठनका कर्मचारीसँग पनि कुराकानी गरेका थिए ।

नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका विषयमा नेपाल सरकार भने बेखबर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group