ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसले सत्ता मोह त्याग्नुपर्ने केन्द्रीय सदस्यको धारणा


admin
२६ माघ २०७४, शुक्रबार   ६ : ५४   बजे
congresha flage

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् ।

नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राख्नु भएको हो ।

उहाँहरुले पार्टीलाई शुद्घीकरण, सुदृढीकरण र नयाँ दिशामा लैजान स्वयं युवावर्गले कुनै नेताको पछि नलागी आफ्नो क्षमताको विकास गर्दै निष्ठा र स्वाभिमानको राजनीति गर्न सल्लाह दिएका थिए ।

नेपाल विद्यार्थी संघ ३ नं प्रदेशको आयोजनामा सञ्चालन भएको स्मृति सभामा प्रमुख नेता प्रकाशमान सिंहले पार्टी विधि प्रक्रिया र विधानअनुरुप सञ्चालन हुन नस्कँदा कार्यकर्तामा निरासा उत्पन्न भएकाले पराजय व्यहोर्नु परेको बताउनुभयो । उहाँले काँग्रेस हारेको नभई आफ्नै कारण पछि परेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट कमीकमजोरी स्वीकार्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सादगी जीवन र स्वच्छ विचारका धनी स्व कोइरालाको नेतृत्वमा नेपालमा संघीय गणतन्त्र नेपालको संविधान –२०७२ जारी भएको थियो ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्व कोइराला निष्ठा, पारदर्शी र समाजवादी नेता रहेको धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको चर्चा गर्दै काँग्रेसले आगामी पाँच वर्षसम्म पार्टीलाई गुट–उपगुटबाट मुक्त बनाउन लाग्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व नै नरहने बताउनुभयो ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसारबाट फालिएको र तिरस्कृत भएको कम्युनिष्टसँग काँग्रेस डराउन नपर्ने भन्दै पार्टीभित्र मौलाउँदै गएको विकृति र विसंगतिविरुद्ध पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रजातान्त्रिक पार्टीमा फरक मत राख्न सकिन्छ र पाउने अधिकार हुन्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu