ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुटेको सूचनापछि, प्रहरीले पिछा गरिरहेको थियो


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   ४ : २०   बजे

काठमाडौं, २५ असोज । काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका ‘लुटेरा’को समूहले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको पाइएको छ।

यही सूचनाका आधारमा आफूहरुले पिछा गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

‘उनीहरुले तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने गरेको सूचना हामीले पाएका थियौं। त्यसपछि हामीले पिछा गरिरहेका थियौं’ राठौरले भने, ‘आज पक्राउ गर्दा पनि उनीहरुसँग लुटपाटमै प्रयोग गर्ने सामानहरु बरामद भएको छ। प्रहरीले पेस्तोल र सनासोसँगै अन्य लुटपाटका कपडाहरु पनि उनीहरुको झोलाबाट बरामद गरेको छ।’

तीन वटा मोटरसाइकलमा रहेका ६ जनाको समूहलाई प्रहरीले पिछा गरिरहेको थियो। त्यो थाहा पाएपछि उनीहरुले पेस्तोल निकालेको प्रहरीको भनाई छ। आफूलाई पेस्तोल ताकिसकेपछि जवाफी फायर गरेको राठौरले  बताए।

प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान घाइते भएका छन्। घलानको घुँडामुनी एक राउण्ड र तिघ्रामा एक राउण्ड गोली लागेको छ। उनलाई प्रहरीले नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेल लगेको छ।

प्रहरीले उनको साथबाट ७ राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ।

प्रहरीले ‘लुटेरा’ समूहका थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा रहेका छन्। उनीहरु चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

तर अर्को मोटरसाइकलमा रहेका दुई जना भने फरार भएका छन्। उनीहरुको खोजतलास प्रहरीले व्यापकरुपमा गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu