ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले मधेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चण्डेश्वर मण्डल


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   १ : २८   बजे

काठमाडौं, २६ असोज । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी रौतहट  र मोहम्मद कैस धनुषा चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्ने उनको भनाइ छ । ‘यो पदहरुका मनोनयन दर्ता भइरहेको छ । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ । अब निर्वाचन प्रक्रियाले अन्तिम रुप दिइने छ । आजै पदाधिकारी निर्वाचित भएको घोणा हुन्छ,’ उनले भने ।

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको नेताहरूले बताएका छन् ।

यसमा एमालेभित्र स्थानीयस्तरमा देखिएका समूहहरुलाई व्यवस्थापन गरिएको छ । अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छ ।

यस्तै सचिव पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य जुलीकुमारी महतो निकट रहेको स्रोतले बताएको छ ।

निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो । पदाधिकारीसहित सदस्यहरुमा मनोनयन दर्ता भइरहेको एमाले नेता सन्तोष यादवले जानकारी दिए । सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group