ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगी अड्डाले राख्यो सहायक रथी यमबहादुर अधिकारीलाई जगेडामा


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   ३ : २१   बजे

काठमाडौं, २६ असोज । जंगी अड्डाले सहायक रथी यमबहादुर अधिकारीलाई जगेडाका रूपमा राखेको छ । अवकाशको मुखमा पुगेका अधिकारीलाई सरकारले ३१ भदौदेखि लागु हुनेगरी तीन वर्ष कार्यकाल थप गरेपछि उनलाई जगेडाका रूपमा राखिएको हो ।

उनको कार्यकाल थप गरेकोप्रति जंगी अड्डा सरकारप्रति असन्तुष्ट छ । यद्यपि, सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने अधिकारीको नियमित सरुवा भएर हाल जंगी अड्डाकै सैनिक सचिव विभागमा कार्यरत रहेको बताए ।

सैनिक स्रोतले भने जगेडाकै रूपमा राख्न उनलाई त्यहाँ सरुवा गरिएको दाबी गरे । उनको सहायक रथीको कार्यकाल तीन वर्ष थप्नुअघि उनी वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको नेतृत्वमा थिए ।

हाल अधिकारीलाई सरुवा गरिएको विभागमा लामो समयदेखि अर्का सहायक रथी जोतिन्द्र महत कार्यरत छन् ।

सैनिक स्रोतले भन्यो, “सैनिक सचिव विभागले सैनिक अधिकारीहरूको अभिलेख राख्नेदेखि करियर प्लानिङको काम गर्ने गर्छ । त्यहाम् पहिलादेखि नै महत सर हुनुहुन्छ । अहिले यम सरलाई ल्याएर के गर्नु हुन्छ रु जगेडा भनेको त्यहीँ होइन र ?

सहायक रथी यमबहादुर अधिकारी पूर्वमाओवादीका डिभिजन कमाण्डर हुन् । सेना समायोजनपछि उनीसहित ७१ जना सैनिक अधिकृत र करिब १५ सय नेपाली सेनामा भर्ती भएका थिए ।

जसमध्ये सबैभन्दा उपल्लो तहमा अधिकारी भर्ना भएका हुन् । उनी उपसेनानी पदबाट सेनामा प्रवेश गरेका थिए ।

पछि बढुुवा हुँदै सेनानी, प्रमुख सेनानी, महासेनानीसम्म पुगे । सैनिक ऐनअनुसार उनी महासेनानी कर्णेल पदबाट भने १ असोज २०७६ मा अवकाशमा जानुपर्ने थियो ।

तर, सरकारले त्यो बेलासमेत दरबन्दी नै नभएको सहायक रथीको विशेष दरबन्दी श्रृजना गरेर उनलाई बढुवा गरेको थियो । त्यो बेला सरकारको नेतृत्वमा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए ।

हाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले उनको कार्यकाल थप तीन वर्ष थपेको हो । सहायक रथीको कार्यकाल चार वर्षको हुन्छ । दोस्रो पटक विशेष काम गरेको अस्थामा तीन वर्ष थप गर्न सकिने सैनिक ऐनमै व्यवस्था छ ।

तर, सहायक रथी बन्दा नै विशेष दरबन्दी थप गरेर बढुवा गरिएका कारण त्यस्तो पदको अवधि सकिनासाथ स्वतः सकिनु पर्ने असन्तुष्ट सैनिक अधिकारीहरूको छ ।

यस प्रकारको घटनाले सेनामा राजनीतिकरण हुने गुनासो उनीहरूको छ । पूर्वसहायक रथी प्रेम बस्न्यातले पनि विशेष दरबन्दी एक पटकलाई मात्रै हुने बताए ।

सहायक रथी अधिकारीको पदावधी थप गर्दा प्रधानसेनापति प्रभुराम शर्माको समेत एकलौटी सिफारिसमा सरकारले उनको पदावधि थप गरेको केही सैनिक अधिकारीहरू बताउँछन् ।

अधिकारीको पदावधि थप गर्नेबारे निणर्य गर्न बसेको सैनिक प्रिन्सिपल स्टाफ अफिसर्सको बैठकमा अधिकांश जर्नेलहरूले उनको पदावधि थप नगर्नु पर्ने राय दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी पुस्ताको प्रश्न : विदेश होइन, नेपालमै भविष्य खोज्ने वातावरण कहिले?

प्रधानमन्त्री बालेन म्याग्दीको तातोपानीमा विश्रामपछि जोमसोमतर्फ प्रस्थान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu