ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश : आज मुख्यमन्त्रीको समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिंदै


एबीसी न्यूज
२७ आश्विन २०८०, शनिबार   ९ : २४   बजे

विराटनगर, २७ असोज । संविधानको धारा १६८ को (५) अनुसार सरकार गठनका लागि दिएको समयमा दुई जनाको दाबेदारी परेपछि प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखतका लागि आज बोलाएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान ८ बजेदेखि २ बजेसम्म हस्ताक्षर सनाखतका लागि सांसदलाई बोलाएका हुन् ।नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको नेपाली कांग्रेस विद्रोही समूहका सांसदका लागि बिहान ८ बजेदेखि ११ बजेको समय तोकिएको छ । उनीहरूको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार इन्द्रबहादुर आङ्बोका लागि ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त प्रमुख नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रदेश प्रमुखले दाबी गर्नका लागि दिएको समय सकिएपछि कांग्रेसको विद्रोही समूहका ८ जना र नेकपा एमालेका ३९ जना सांसद शुक्रबार बेलुका प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

गठबन्धनले के गर्छ ?

प्रदेश प्रमुखले हस्ताक्षर सनाखतका लागि बोलाएपछि सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारका समर्थक जाने नजाने टुंगो छैन । तर नेकपा एमालेका ३९ र नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला पक्षका ८ जना सांसद भने सनाखतका लागि तयारी अवस्थामा छन् । बिहीबारदेखि नै उनीहरु एकै ठाउँमा बसेका छन् ।नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले सनाखतका विषयमा छलफल पछि निर्णय गर्ने बताए । ‘गठबन्धनभित्र छलफल गर्छौं,’ उनले भने, ‘नजानुपर्ने अवस्था केही छैन ।’कार्की र आङ्बोको दाबीमा आठ जना सांसदको हस्ताक्षर दोहोरिएको छ । दोहोरिएका ८ सांसदले आफ्नो समर्थन आङ्बोले दुरुपयोग गरेको भन्दै निवेदन दिएका छन् ।

प्रदेश प्रमुखसमक्ष हस्ताक्षर सनाखतका लागि जाँदा सांसदको संख्या नपुग्ने भएका कारण गठबन्धन सनाखतका लागि जाने सम्भावना कम छ ।

‘उत्ता–कार्की पक्षमा ४७ जना देखिंदा यता बहुमत पुग्ने अवस्था छैन,’ माओवादी केन्द्रका एक नेताले भने, ‘दाबी कमजोर नै छ, केन्द्रको निर्देशनपछि जाने नजाने डिसिजन होला ।’

कोशी प्रदेशमा नेकपा एमालेका ३९ र कांग्रेसको डाक्टर शेखर कोइराला पक्षका ८ जना सांसदको हस्ताक्षरसहति केदार कार्कीले दाबी गर्दा गठबन्धन दलका ४७ जना सांसदको समर्थनमा आङ्बोले दाबी गरेका थिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेसका ८ सांसद एमालेसँग मिलेका कारण आङ्बोको पक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक जना सांसद छन् । ६ सिटको राप्रपा भने तटस्थ बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group