ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)


एबीसी न्यूज
३० आश्विन २०८०, मंगलबार   १२ : २४   बजे

काठमाडौं, ३० असोज । इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो ।

भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

“१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,” उनले भने ।

उनीहरू भारत हुँदै नेपाल फर्कनेछन् । स्थानीय समयानुसार बिहान ९ बजे तेल अभिभबाट स्पाइस जेटमार्फत १९ नेपाली स्वदेश फर्कंदै गरेको मन्त्रालयले जनाएको छ ।

उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर पठाउने मन्त्री साउदले जानकारी दिए ।

मन्त्रालयका अनुसार उनीहरू गौरीफन्टा नाका भएर कैलाली आइपुग्नेछन् । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

उनीहरू मंगलबार बेलुका ६–७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने बताइएको छ ।

इजरायलबाट यसअघि २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।

उद्धार गरिएका १९ नेपाली–
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group