ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनदिनभित्र समानुपातिक सूची बुझाउन आयोगको पत्राचार, फागुन ५ सम्म सबै परिणाम सार्वजनिक हुने


ABC NEWS
२७ माघ २०७४, शनिबार   ६ : १३   बजे

काठमाडौं २७ माघ । निर्वाचन आयोगले शुक्रबार सांझ प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँट गरेर तीन दिनभित्र बन्द सूचीबाट नाम चयन गरेर पठाउन पाँच वटा राष्ट्रिय मान्यता प्राप्त दललाई पत्र पठाएको छ।

समानुपातिकका ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमलाई आयोगले तीनदिन भित्र केन्द्रीय समिति वा सो सरहको निकायबाट समावेशी सिद्धान्तका आधारमा उम्मेदवारको नाम चयन गर्न आग्रह भनेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक सय ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वाचित गर्ने प्रक्रिया सुरु भएको छ।समानुपातिकको सूची बुझाउन आयोगले ढिलाई गर्दा नयां सरकार गठनको बाटो अवरुद्ध भएको थियो ।

एक सय १० सदस्य समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६ । ६ जना सांसद पाएको निर्वाचन आयोगले जनाएको छ।
संविधानको धारा ८४(८) अनुसार संघीय संसदमा कुनै पनि दलबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ।

कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ । जसअनुसार खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्नेछ।

आयोगका अनुसार एमालेले प्रत्यक्षमा ८०, समानुपातिकमा ४१ गरी प्रतिनिधिसमामा एक सय २१ सिट र राष्ट्रियसभामा २७ सदस्य जित्दै संघीय संसदमा एक सय ४८ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एमालेबाट जम्मा १३ जना महिलाले जितेका छन्। अब ४१ समानुपातिक सांसदमध्ये कम्तीमा ३७ जना महिला निर्वाचित गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। एमालेको समानुपातिकबाट जम्मा चार जना पुरुष सांसद बन्न पाउने भएका छन्।

तीनजना पुरुष छनौट गर्दा सातवटै क्ल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ। खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजनाले मात्र सांसद बन्ने अवसर पाउने भएका छन्।

त्यसैगरी कांग्रेसले २० जना महिला र माओवादी केन्द्रले १७ जनामध्ये १६जना महिला मनोनयन गरेर पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group