ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएमा २३ जना निर्विरोध, ८ पदमा उम्मेदवारी नै परेन


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   १ : ३७   बजे

काठमाडौं, १ कात्तिक ।  गैरआवासीय नेपाली संघमा २३ जना निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय संयोजक र उपसंयोजकका एकल उम्मेदवारी पर्दा २३ जना निर्विरोध भएका हुन्।

संघको ११ औं अधिवेशनमा ८ वटा पदका लागि भने उम्मेदवारी नै नपरी खाली भएका छन्। मंगलबार राति सार्वजनिक गरिएको अन्तिम उम्मेदवारको नामावलीमा अध्यक्षमा ४ जना नै प्रतिस्पर्धा गर्ने भएका छन्। डा। बद्री केसी, महेश कुमार श्रेष्ठ, रोविना थापा र राजेन्द्र कुमार शर्माले अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्।

काठमाडौंमा उपस्थित भएका प्रतिनिधीले विहिबार मतदान गर्दैछन् भने विदेशमा रहेका नेपालीले आज रातिबाटै अनलाइन भेरिफिकेसनको आधारमा मतदान गर्ने छन्।

निर्वाचन समितिका अनुसार अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। तान्जिेनिया बसोबार गर्दै आएका भट्टराईको एकल उम्मेदवारी मात्रै परेको थियो। अफ्रिकाको क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी नै परेको छैन।

ओसियाना क्षेत्रको कोर्डिनेटरमा अष्ट्रेलियाका दिनेश पोखरेल निर्वाचित भएका छन्। उप संयोजकमामा अष्ट्रेलियाका अरुण कुमार ठाकुर, गोकुल प्रसाद घिमिरे र कोमल राज पाठक निर्विरोध भएका छन्।
अमेरिकाको उप संयोजकमा गोविन्द सुवेदी, पुर्ण चन्द्र बानियाँ, सञ्जय कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

अफ्रिका महिला संयोजकमा खेसना लिम्बु, अमेरिकाको संयोजकमा इन्द्रिया त्रिपाठी, मध्यपूर्व संयोजकमा बहराइनकी लक्ष्मी गिरी, ओसियाना संयोजक रेणुका लामा निर्बिरोध भएका छन्।

अफ्रिकाको उप संयोजकमा उम्मेदवारी नै परेन। अमेरिका क्षेत्रकोलागि विन्दु निरौला निर्विरोध निर्वाचित भएकी छन्। युरोपको सह संयोजकमा भावानी तिवारी, मध्यपूर्वका सरिता भण्डारी पौडेल निर्विरोध भएको छ। एसिया प्यासेफिकमा उम्मेदवारी नै परेन।

अफ्रिकाको युवा संयोजकमा उम्मेदवारी परेन। अमेरिकाकोलागि स्वराज खत्री, एसिया प्यासेफिककोलागि विकास बस्नेत, युरोपकोलागि प्रकाश भण्डारी, मध्यपूर्वका निरञ्जन प्रसाद सिलवाल,ओरियानामा सुर्य आचार्य निर्विरोध भएका छन्।

अमेरिकाकोलागि विशाल राना, एसिया प्यासेफिक नारायण खड्का, मध्यपूर्वका कृष्ण कुमार ठाकुर निर्विरोध भएका छन्।

ओसियाना, युरोप र अफ्रिकाको युवा सह संयोजकमा उम्मेदवारी नै परेन। दोस्रो पुस्ताको संयोजकको लागि उम्मेदवारी नै परेन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group