ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयक सम्भव नभए अर्को अधिवेशनबाट पारित– प्रचण्ड


एबीसी न्यूज
१२ कार्तिक २०८०, आइतबार   २ : ०१   बजे

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्भव भए एकरदुई दिनभित्र र नभए अर्को अधिवेशनबाट पारित गरिने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले सो विधेयकका बारेमा ‘बिफ्रिङ’ गरेको एक नेताले जानकारी दिए ।

“टीआरसी टुंगो लगाउन अझै एकरदुई दिन पहल गर्ने र नभए अर्को अधिवेशनबाट पास गर्ने तयारी भएको उहाँले बिफ्रिङ गर्नुभयो,” ती पदाधिकारीले भने ।

टीआरसी विधेयक हाल संसद्को कानुन समितिमा छ । समितिले उपसमिति बनाएर काम गरेको थियो । महत्त्वपूर्ण चार बुँदाबाहेक अरू विषयमा सहमति जुटाएर उपसमितिले कानुन समितिलाई प्रतिवेदन बुझाएको छ । नमिलेका चार बुँदामा शीर्ष नेताबाट सहमति खोज्ने प्रयास भइरहेको छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले पटक–पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

उपसमितिको प्रतिवेदनमा स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक गरिएको हत्यारदोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा नमिलेको उल्लेख छ ।

यस्तै, उपसमितिमा सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूको कसरी सम्बोधन गर्ने, मानवअधिकार उल्लंघनका घटनामा मेलमिलाप गर्न पीडितको स्वतन्त्र सहमति गर्ने विषय मिलेको छैन ।

उपसमितिमा घटी सजायका सम्बन्धमा ‘आधार–कारण’ खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा पनि सहमति जुटेको छैन । यी विषयमा सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

ती पदाधिकारीका अनुसार यही कात्तिक १४ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्का संयुक्त बैठकमा सम्बोधन गरेपछि सदनको चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका थिए ।

“राष्ट्रसंघका महासचिवले सदनलाई सम्बोधन गरेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको अध्यक्षज्यूले जानकारी दिनुभयो,” ती पदाधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group