ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटन दरबार क्षेत्रको भ्रमणमा जाँदै महासचिव गुटेरेस


एबीसी न्यूज
१२ कार्तिक २०८०, आइतबार   ३ : १७   बजे

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकनमा जाँदैछन्।

नेपाल भ्रमणमा रहेका गुटेरेसले आइतबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमणमा आउन लागेका पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार पाटन दरबार क्षेत्र अवलोकनमा जाँदा गुटेरेसलाई महानगरका प्रमुख महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, पाटन दरबार क्षेत्रका प्रमुख मञ्जु सिह, सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेसहितले स्वागत गर्ने कार्यक्रम छ।

अवलोकन भ्रमणपश्चात् महासचिव गुटेरेस पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रियासमेत दिने कार्यक्रम रहेको नगरप्रमुख महर्जनले बताए।

उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ। यो सहर बरदेवले स्थापना गराएका हुन्। पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ।

यहाँ सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदा रहेको छ। पाटन दरबारभित्र केशव नारायणचोक, मूलचोक र सुन्दरीचोक गरी मुख्य तीन वटा चोक रहेका छन्। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो।

नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसको अवलोकन भ्रमणका लागि सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध भइसकेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।

विदेशी विशिष्ट व्यक्तित्व नेपाल भ्रमणमा आउँदा राष्ट्रप्रमुख, सरकार प्रमुखसँग भेटघाटसँगै विश्वसम्पदा सूचीमा समावेश पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने परम्परा बन्दै गएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group