ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकारद्वारा संघीय सरकारविरुद्ध रिट दायर


एबीसी न्यूज
१३ कार्तिक २०८०, सोमबार   ४ : २५   बजे

काठमाडौं, १३ कात्तिक । बागमती प्रदेशले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रधानमन्त्री कार्यालयसहित ६ वटा निकायविरुद्ध रिट दायर गरेका हुन्।

संघीय संसदबाट जारी भएको शहरी क्षेत्र सार्वजनिक यतायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ खारेजीको माग गर्दै रिट दायर भएको हो।

बागमती प्रदेश अन्तर्गत पर्ने काठमाडौं उपत्यकामा संघीय सरकार माताहत सञ्चालन हुनेगरी प्राधिकरण गठन गरेकोमा खारेजीको माग गरेको हो।  ‘बागमती प्रदेश सरकारले यातायात व्यवस्थालाई चुस्त, दुरुस्त राख्न आवश्यक ऐन जारी गरी रुट परिमिट दिने, विद्युतीय माध्यमबाट भाडा भुक्तानी गर्ने, भाडा निर्धारण गर्दै आएको छ,’ रिटमा भनिएको छ,‘प्रदेश सरकारको एकल अधिकारमा प्रत्यक्ष हस्तक्षेप हुने, प्रदेश सञ्चित कोषको स्वरुप नै परिवर्तन हुने भई प्रदेश सरकारलाई अपुरणीय क्षति हुन्छ।’

काठमाडौं उपत्यकाभित्र बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय माताहत ८ वटा कार्यालय रहेको छ। सवारी दर्ताको लागि यातायात व्यवस्था कार्यालय साना ठूला सवारी, एकान्तकुना, मोटरसाइकलको दर्ता गुर्जुधारामा रहेका छन्।

सवारी चालक अनुमतिपत्रको लागि एकान्तकुना, राधेराधे, चाबहिल, ठूलो भर्याङमा रहेका छन्। सल्लाघारी र सानो भर्याङमा समेत यातायात व्यवस्था कार्यालय सञ्चालनमा रहेका छन्।

प्रदेशको कुल १२ अर्ब ५३ करोड राजश्व मध्ये काठमाडौं उपत्यकाका कार्यालयबाट मात्रै ११ अर्ब १२ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।

‘प्रदेश सरकारको महत्वपूर्ण आम्दानीको १४ प्रतिशत हिस्सा यातायात क्षेत्रबाट संकलन हुने गरेकोमा हाल गठन भएको प्राधिकरण कार्यन्वयन आउँदा काठमाडौं उपत्यकाको सम्पूर्ण यातायात व्यवस्थापन तथा राजश्व समेत प्राधिकरणमा जम्मा हुने हुँदा प्रदेश सञ्चालनको लागि आवश्यक बजेट न्यून हुने तथा संविधानले प्रदेशलाई दिएको अधिकार नै संकुचन भई अतिक्रमण हुने स्पष्ट छ,’ दायर रिटमा भनिएको छ।

बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बागमती मन्त्रिपरिषद्ले नै पारित गरी रिट दायर गरेको बताए। मन्त्री लम्सालका अनुसार मंगलबारका लागि पेशी तोकिएको छ।

संघीय सरकारले प्राधिकरण गठन गरेपनि कार्यन्वयनमा आउन सकेको छैन। यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयका कुवेर नेपाली रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group