ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात


एबीसी न्यूज
२१ कार्तिक २०८०, मंगलबार   १ : २७   बजे

काठमाडौं, २१ कात्तिक । जाजरकोट रामीडाँडा । भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा सुतिरहेकी थिइन् ।

एक्कासी घर हल्लिन थालेपछि हतपत्त उठेर आफ्नो श्रीमान भीम बहादुर घर्ती ९७८० लाई उठाइन् । आँखा नदेख्ने उनी श्रीमानको सहारामा भागेर ज्यान जोगाउन सफल भइन् । ‘अलिकती बाहिर के आएको थिएँ, गर्ल्याम्म घर ढलेको आवाज आयो । छोरा(बुहारीलाई आवाज दिएँ, सबै भागेर बाँच्न सफल भए,’ भूकम्प गएको रात सम्झिंदै उनी भन्छिन् ।

पालिकामै थुप्रियो राहत, खुला आकाशमुनि रात काट्छन् पीडित
शुकबार गएको भूकम्पले घर ढलेको आज चार दिन भयो । घर भत्किएपछि उनको ९ जनाको परिवार घर नजिकैको प्रतिक्षालयमा बसेको छ । त्रिपाल नभएकै कारण प्रतिक्षालयमा बसेको बिर्मीले बताइन् । ‘पाल पनि छैन, पाल किन्ने पैसा पनि छैन । पाल हुनेहरु खुल्ला चौरमा पाल हालेर बसेका छन्, हामी केही उपाय नलागेपछि यही चौतारोमा बसेका हौं,’ अनलाइनखबरसँग कुरा गर्दै बिर्मीले भनिन्, ‘अहिले पनि भूकम्प गइरहेको छ । यही चौतारो पनि भत्किन्छ कि भन्ने डर लाग्छ ।’

घर भत्किएपछि लत्ताकपडा र खाद्यान्न पुरिएको छ । चिसो भुइँमा रात बिताइरहेका उनीहरु अहिलेसम्म एउटा त्रिपाल समेत नपाएको बताउँछन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छँदैछ, त्यसमा पनि खाने कुराको अभाव छ । ‘गाउँलेले दिएको घोगा मकैको पिठो र जंगलबाट सिस्नु ल्याएर हिजो दिउँसो खायौं । त्यो पनि सकियो । हिजोको रात भोकै सुत्यौं । आज के खाने हो थाहा छैन,’ भीम बहादुर भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu