ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित


एबीसी न्यूज
२२ कार्तिक २०८०, बुधबार   ९ : ४२   बजे

काठमाडौ २२ कात्तिक । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारीसँगै किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन ।कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती शुरु गरेको बताए। ‘मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती शुरु गरेका छौँ,’ उनी भन्छन, ‘मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।

’प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम शुरु गरिएको बताएकम छन । ‘केही भागमा उखु खेती शुरु गरेका छौँ भने केही किसानलाई पनि उखु खेतीका लागि आग्रह गरेका छौँ,’ प्रबन्ध निर्देशक ओलीले भने, ‘उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरण जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।’कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न करिब दुई अर्बदेखि अढाइ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरुपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखु खेती आवश्यक पर्ने निर्देशक ओली बताउछन ।

मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भए पनि अन्य कर्मचारीमा भने स्थानीयलाई नै प्राथमिकता दिने बताएको छ ।बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । ‘बलौटे माटोमा उत्पादन केही हुँदैन ।

वर्षातको समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ,’ राजापुर नगरपालिका–८ का धर्मचन्द्र चौधरीले भन्नुभयो, ‘चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । म मात्रै नभइ यस क्षेत्रका किसानलाई पनि ठूलो अवसरको रुपमा चिनी मिल बन्ने छ ।’अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभइ छिमेकी पालिकाले पनि ठूलो लाभ लिनसक्ने बताउनुभएको छ ।

मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उनको विश्वास छ । ‘अहिले कैयौँ जग्गा प्रयोगमा छैन । बर्षातको समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुन सकेका छैनन्,’ सुरेन्द्र चौधरी भन्नुहुन्छ, ‘चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो । यसबाट किसानलाई मात्रै नभइ अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा हुनेछ ।

’राजापुर नगरपालिकाका मेयर दिपेश थारुले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गरेका छज । उनले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताएका छन । ‘स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ,’ मेयर थारु भन्नुहुन्छ, ‘स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।’उनले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई चार वटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताए।

‘चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउने छन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्,’ मेयर थारुले भने, ‘यसरी दुईरतीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यस क्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ ।

अनि समृद्धि नगरपालिका बनाउन कुनै समस्या छैन ।’टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखु खेती शुरु गरेको बताए। ‘उनीहरुकै आग्रहमा किसानले उखु खेती शुरु गरेका छन । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखु खेती विस्तार गरेको छु,’ वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, ‘बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group