ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचवटा रणनीतिक महत्वका सडक सेनाका हातमा


एबीसी न्यूज
२४ कार्तिक २०८०, शुक्रबार   १२ : ५४   बजे

काठमाडौं, २४ कात्तिक । पछिल्ला दिन नेपाली सेना पाँच वटा रणनीतिक महत्वका सडक निर्माणको जिम्मेवारी पाएको छ । सरकारी निकायले उक्त सडक निर्माण गर्ने जिम्मेवारी सेनालाई दिएका हुन् ।

सेनाले निर्माण गरिरहेका सडकमा काठमाडौंरतराई–मधेस द्रुतमार्ग सडक आयोजना, कर्णाली करिडोर सडक आयोजना, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना, उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजना र दार्चुला–टिंकर सडक आयोजना छन् ।

२०७४ असारबाट सुरु भएको काठमाडौंरतराई–मधेस द्रुतमार्ग सडक आयोजनाको काम सेनाले गरिरहेको छ । ७२।५ किलोमिटर लामो द्रुतमार्ग निर्माण सुरु गरेको ६ वर्ष ४ महिना बितिसकेको छ । सेनाले द्रुतमार्ग निर्माण कार्य २०८३ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार, २०८० असोज मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २७ प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत रहेको छ । द्रुतमार्गको आयोजनाको काम ११ वटा कलस्टरअन्तर्गत १३ वटा प्याकेजमा भइरहेको छ । प्याकेज नं। १, २, ३, ४, ५, ६ र ७ को खरिद सम्झौता भई निर्माण कार्य भइरहेको छ ।

प्याकेज नं। ८ र ९ ‘क’ को २०८० वैशाख ८ गते तथा प्याकेज नं। ९ ‘ख’ को लागि आव्हान गरिएको अन्तराष्ट्रिय बोलपत्र भदौ १३ गते खोलुवा भई मूल्याङ्कन प्रक्रियामा रहेको सेनाले जनाएको छ । प्याकेज नं। १० को २०८० भदौ १ गते बोलपत्र आह्वान र असोज १८ गते खोलुवा भई मूल्याङ्कन प्रक्रियामा छ ।

द्रुतमार्गअन्तर्गत निर्माणाधीन सुरुङ्गहरुको लम्बाई ६।४१५ किलोमिटर रहेकोमा हालसम्म ३ हजार ५० मिटर ९४७।५५ प्रतिशत० सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । द्रुतमार्ग आयोजनाअन्तर्गतका ८९ वटा पुलहरुमध्ये ६२ वटा पुलको निर्माण कार्य भइरहेको छ ।

कर्णाली करिडोर ९लालीबगर–दुल्लीकुन्न, घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड० सडक आयोजनामा आर्थिक वर्ष २०७९र८० मा सेनाले ६ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम सेनाले गरेको थियो ।

कर्णाली करिडोरको उक्त २२।०५ किलोमिटर खण्डमा सेनाले हालसम्म ९।५ किलोमिटर ट्रयाक खोल्ने काम गरिसकेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिना ९साउनदेखि असोजसम्म० सेनाले ०।४ किलोमिटर नयाँ ट्रयाक निर्माण सम्पन्न गरेको छ ।

सेनाले यसवर्ष ९२ किलोमिटर लामो बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनामा पनि काम गरिरहेको छ ।

नेपाली सेनाका अनुसार, गत आर्थिक वर्ष २०७९र८० मा बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनामा ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र ४ किलोमिटर ट्रयाक स्तरोन्नति गरी कुल ३५।५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ८ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम भएको थियो ।

उक्त सडक आयोजनामा चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा ०।२५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ०।३ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम सम्पन्न भएको सेनाले जनाएको छ ।

सेनाले १०।५ किलोमिटर लामो उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजना ९च्याम्ताङ्ग–घोङघप्पा खण्ड० को काम पनि तीव्र गतिमा अघि बढाएको छ ।

आर्थिक वर्ष २०७९र८० मा उक्त सडक खण्डमा ३।५ किलोमिटर नयाँ ट्रयाक निर्माण र २।५ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम सेनाले गरेको थियो । यससँगै च्याम्ताङ्ग–घोङघप्पा खण्डमा कुल ६।५ किलोमिटर नयाँ ट्रयाक निर्माण र ३ किलोमिटर ट्रयाक स्तरोन्नति गर्ने काम सकिएको थियो ।

चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा सेनाले उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक आयोजनामा ०।२ किलोमिटर नयाँ ट्रयाक निर्माण र ०।३५ किलोमिटर ट्रयाक स्तरोन्नति कार्य गरेको छ ।

सेनाले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो तीन महिनामा ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक आयोजनाको ०।१९ किलोमिटर नयाँ ट्रयाक निर्माण र ०।११ किलोमिटर ट्रयाक स्तरोन्नति गरेको छ ।

गत आर्थिक वर्ष २०७९र८० सम्म सेनाले दार्चुला–टिंकर सडक आयोजनाको कुल १०।४ किलोमिटर नयाँ ट्रयाक निर्माय र १।५ किलोमिटर ट्रयाक स्तरोन्नती गर्ने कार्य सकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group