ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख बनिन् झरना


abc tv
२४ कार्तिक २०८०, शुक्रबार   १० : ३८   बजे

सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख झरना बख्रेल बनेकी छन् । गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत एक दिनको लागि प्रमुख बनेकी हुन् ।

शुक्रबार बिहान जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले झरनालाई जिल्ल समन्वय समिति सिन्धुलीको पद हस्तान्तरण गर्दै झरनालाई समन्वय प्रमुखको जिम्मेवारी दिएका हुन् ।

पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको आफूलाई पद हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै झरनाले समन्वय प्रमुख कारसाङ लामासँग जिल्ला समन्वय समितिले गरिरहेको काम र भोलिका दिनमा गर्ने कामको बारेमा जानकारी दिए । जिल्लामा नै वटा स्थानीय तह भएको र स्थानीय तहमा लक्षित वर्गको कार्यक्रम लक्ष्य अनुरूप विनियोजन हुन नसेको र जिल्लामा भएका विभिन्न गतिविधिको बारेमा समन्वय समितिले अनुगमन गर्दै आएको कारसाङ लामाले जानकारी दिए ।

सबै स्थानीय तहमा गैर सरकारी संस्थाको पहलमा विभिन्न किसिमका विकास र परिवर्तनका गतिविधि भएको भन्दै उनले गैर सरकारी संस्थाको सहयोगले जिल्लको विकासमा टेवा पुर्याउदै आएको बताए । कारसाङ लामासँग समन्वय समितिले गर्ने कामको बारेमा जानकारी लिएपछि झरनाले जिल्ला समन्वय समितिले गर्नु पर्ने काम र आफू समन्वय प्रमुख भई रहँदा गर्ने योजना समेत सुनाएका थिए ।

समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताए । विकास र परिवर्तनका धेरै कुरा गरे पनि किशोरीका सवालमा भने पर्याप्त कामहरू हुन नसकेको झरनाले बताए ।

किशोरीहरूको मनोमल बढाउने र बालिकालाई सिक्ने सिकाउने अभियान बालिकाहरूलाई नेतृत्व लिन हौसला प्रदान गर्न गल्र्स टेक ओभर कार्यक्रम हो । यस कार्यक्रम समापनपछि झरनाले पुनः कारसाङ लामालाई जिल्ला समन्वय समितिको पद हस्तान्तरण गरेका थिए ।

प्लान इन्टरनेश्नल नेपालका पूर्व क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रबिशंखर पण्डितले किशोरीहरूलाई लक्ष्य निर्धारण गर्न टेवा पुर्‍याउने उद्देश्यले ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण गर्ने अभियान संचालन हुँदै आएको बताए । यस अभियानले किशोरीहरूको लक्ष्य निर्धारण गर्न र उनीहरूलाई काम गर्दा गर्नु पर्ने समन्वयका बारेमा ज्ञान मिल्ने उनले बताए । उनले गल्स टेक ओभरको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशील संस्थाहरू, प्लान इन्टरनेशनल नेपाल, जनजाति समाज विकास कार्यक्रम सिन्धुली, हेड्स नेपाल सिन्धुली, सिड्स नेपाल सिन्धुलीको साझा अभियान हो । गर्ल्स टेक ओवर अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group