ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ ऐन निर्माण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ


admin
२८ माघ २०७४, आइतबार   ७ : ००   बजे

काठमाडौँ, २८ माघ । अठतीसौँँ राष्ट्रिय शिक्षा दिवस, २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित कार्यक्रममा काठमाडौँको विश्वनिकेतन माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम घोषित भएको छ ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कक्षा १२ मा राष्ट्रियस्तरमा उत्कृष्ट सो विद्यालयलाई राष्ट्रिय शिल्ड, राष्ट्रिय ध्वजा तथा प्रमाणपत्रसहित रु दुई लाख प्रदान गर्नुभयो । कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल नेतृत्वको विद्यालय टोलीले उक्त शिल्ड, ध्वजा तथा पुरस्कार ग्रहण गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सामुदायिक विद्यालयको कक्षा १० तर्फ सर्वोत्कृष्ट कालिका मावि बुटवललाई राष्ट्रिय शिल्ड, ध्वजा तथा प्रमाणपत्रसहित रु दुई लाख प्रदान गर्नुभयो ।

प्रदेशस्तरमा प्रदेश नं १ बाट बरुणेश्वर मावि ओखलढुंगा, प्रदेश नं २ बाट श्रीओम मावि रौतहट, प्रदेश नं ३ बाट नारायणी मोडल मावि चितवन, प्रदेश नं ४ बाट बालमन्दिर मावि पोखरा, प्रदेश नं ५ बाट श्रीकान्ति माध्यमिक विद्यालय, बुटवल, प्रदेश नं ६ बाट श्रीमस्टो सरस्वती मावि कालिकोट तथा प्रदेश नं ७ बाट सीताराम मावि डोटीलाई प्रादेशिक शिल्ड, ध्वजा तथा रु एक लाख पुरस्कार प्रदान गरियो ।

श्री महाबुद्ध मावि यलबांग हुम्लालाई दुर्गम क्षेत्रको उत्कृष्ट विद्यालय घोषणा गरी रु एक लाख पुरस्कार प्रदान गरियो । शिक्षामन्त्री श्रेष्ठले संस्थागत विद्यालयतर्फ काठमाडौँ मोडेल माध्यमिक विद्यालय बागबजार र बालकल्याण विद्या मन्दिर मावि विराटनगरलाई क्रमशः राष्ट्रिय शिल्ड, राष्ट्रिय ध्वजा तथा प्रमाणपत्रसहित रु दुई लाख पुरस्कार प्रदान गर्नुभयो ।

त्यस्तै प्रदेश नं १ बाट एभरेष्ट बोर्डिङ स्कुल विराटनगर, प्रदेश नं २ बाट मुनलाइट एकेडेमी, रौतहत, प्रदेश नं ३ बाट जेम्स मावि ललितपुर, प्रदेश नं ४ बाट नमूना मावि पर्वत, प्रदेश नं ५ बाट गोरखा युनाइटेड पब्लिक स्कूल बाँके, प्रदेश नं ६ बाट छिन्चु बोर्डिग स्कुल, सुर्खेत तथा प्रदेश नं ७ बाट इन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरलाई प्रादेशिक शिल्ड, ध्वजा तथा रु एक लाख पुरस्कार प्रदान गरियो ।

प्राविधिक विद्यालतर्फ कालिका मावि बुटवल, आंगिक शिक्षालयमध्येबाट स्कुल अफ हेल्थ साइन्स, चितवन, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने लटिनाथ मावि दार्चुला, परिषद्बाट सम्बन्धन प्राप्त गरी निजीस्तरमा सञ्चालित शिक्षालय र संस्थामध्येबाट नोबेल मेडिकल कलेज विराटनगर, युनिक कलेज मेडिकल साइन्स एण्ड हस्पिटल, सप्तरी, मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्स काठमाडौँ, फिस्टेल नर्सिङ क्याम्पस कास्की, लुम्बिनी इञ्जिनियरिङ कलेज रुपन्देही, नेपाल इञ्जिनियरिङ एण्ड टेक्निकल साइन्स एकेडेमी सुर्खेत तथा भागेश्वरी एकेडेमी अफ हेल्थ साइन्स धनगढीलाई प्रादेशिक पुरस्कार प्रदान गरियो ।

उत्कृष्ट क्याम्पसतर्फ केन्द्रीय प्रविधि क्याम्पस सुनसरी तथा सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसतर्फ कैलाली बहुमुखी क्याम्पस कैलालीलाई रु दुई लाख ५० हजारसहित प्रमाणपत्र प्रदान गरियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनबाट राजनीतिक पुनःसंरचना भइसकेको तथा जनशक्तिको पुनःसंरचना गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले नयाँ संविधानबमोजिम शिक्षा क्षेत्रमा पनि पुनःसंरचना हुने बताउँदै संविधानले व्यवस्था गरेअनुसार कानून आयोगसँग मिलेर नयाँ ऐन निर्माण गर्ने काम भइरहेको तथा संघीय कानूनको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । नेपालबाट वर्षेनी ५० लाखभन्दा बढी बेरोजगार नागरिक विभिन्न मुलुकमा कठिन काम गरिरहेको चर्चा गर्दै उनीहरुलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group