ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैन – अर्थमन्त्री


एबीसी न्यूज
५ मंसिर २०८०, मंगलबार   ३ : ५७   बजे

काठमाडौं, ५ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालले कार्बन उत्सर्जन कम गर्न ४५ प्रतिशत भूभाग जंगलका रूपमा स्थापित गरिरहेको बताए । कार्बन उत्सर्जन कम गर्न सवारीसाधन समेत विद्युतीयलाई बढावा दिइएको उनको भनाइ छ ।

उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने नेपालको लक्ष्यमा कुनै शंका नगर्न विश्व समुदायलाई आग्रह गरे ।

विकसित देशले उत्सर्जन गरेको कार्बनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उनले बताए ।

यहाँका हिमालहरूको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेका कारणले नभएर अरू देशले गर्दा भएको भन्दै उनले विकसित मुलुकहरूले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका निम्ति आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन न्यूनीकरणका निम्ति विभिन्न ‘फन्ड’हरूबाट नेपालले पनि सहयोग पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने उनले बताए ।

सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ रूपमा परिपूर्तिको सुनिश्चितता गर्ने गरी यहाँ जलविद्युत्मा लगानी भइरहेको उनले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक

बालश्रम रोक्न नयाँ विधेयक अघि बढ्यो, २७ वर्ष पुरानो कानुन संशोधन हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu