ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी प्यालेसमा बसेका दुर्गा प्रसाईंका समर्थक राति निकालिए, सामाजिक सञ्जालमा एमालेको चर्को आलोचना


एबीसी न्यूज
६ मंसिर २०८०, बुधबार   १ : ०६   बजे

काठमाडौं, ६ मंसिर । भोलि हुन लागेको आन्दोलनमा सहभागी हुन काठमाडौं आएका दुर्गा प्रसाईंका समर्थकलाई राति पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इटहरीबाट आएका प्रसाईंका समर्थक बसेको लोकन्थलीस्थित पार्टी प्यालेसबाट मध्येरातमा एमाले समर्थक युवा संघका कार्यकर्ताले उनीहरुलाई निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल भिडियोलाई युवा संघले अस्वीकार गरेको छ भने आफूहरुको बदनाम गराउनका लागि गरिएको षडयन्त्र भनेको छ । प्रसाईं समर्थकले भने युवा संघका कार्यकर्ताले नै यस्तो हर्कत गरेको आरोप लगाएका छन् ।

राति साढे ११ बजेतिर पार्टी प्यालेस पुगेको समूहले त्यहाँ रहेका पाहुनालाई बाहिर निकालेको सञ्चालक तेजबहादुर कुँवरले जानकारी दिए । सार्वजनिक भएको भिडियोमा सुतिरहेका महिलालाई कपडा लगाउन पनि नदिइ हतार हतारमा निकालिएको छ ।

“दुर्गे प्रसाईं।।।लाई फोन गर्नू लघा¥यो भनेर, यहाँबाट छिटो छिटो गइहाल्नू,” भिडियोमा एक युवाले भनेका छन् । सुतिरहेका महिलाले ‘हामीलाई कपडा लगाउन दिनु न’ भन्दै अनुरोध गरेकी छन् ।
“तपाईंहरु उठिहाल्नू, छिटो गर्नु छिटो, इटहरीबाट आउनुभएको हो भने त्यतै फर्किइहाल्नु,” भिडियोमा भनिएको छ ।

“हामी जान्छौँ तर लुगा लगाउन त दिनु,” सुतिरहेका महिलाले अनुरोध गर्दै भनेकी छन्, “हामी पनि तपाईंहरुकै चेली हौँ ।” दुर्गा प्रसाईं भन्दै उफ्रिँदै रु गर्नेहरुलाई बस्न नदिने चेतावनी उक्त भिडियोमा दिइएको छ ।

भोलि बिहीबार काठमाडौंमा युवा संघ र प्रसाईं दुवैले सभा आयोजना गरेका छन् । पार्टी प्यालेस सञ्चालक तेजबहादुर कुँवरले राति ११ बजे आफूलाई फोन गरेर यहाँ प्रसाईंका समर्थक नराख्न दबाब दिइएको बताए ।

“मलाई राति फोन आएको थियो,” उनले भने, “म सुतिसकेको थिएँ । राति मलाई फोन गरेर बस्न नदिनू भनियो । हामी सेवा गर्न बसेका हौँ । मैले कांग्रेस, एमाले र माओवादी सबैका कार्यकर्तालाई पहिले पनि यसैगरी राखेको हुँ । अहिले सेवा गर्दा किन यस्तो गरियो हामी छलफलमै छौँ ।”

उनका अनुसार अब संघमा छलफल गरेर आफूहरु अघि बढ्ने तयारी भएको छ । प्रसाईंका प्रेस सल्लाहकार सज्जनराज पोखरेलले राति युवा संघका कार्यकर्ताले आफूहरुका समर्थकलाई निकालेपछि गौशालास्थित धर्मशालामा लगेर राखेको बताए ।

“हामीले राति गौशालास्थित धर्मशालामा लगेर राखेका छौँ,” उनले  भने । काठमाडौं प्रहरीले भने दुर्गा प्रसाईं समूहका कसैले पनि अहिलेसम्म उजुरी नगरेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने हरेक नेपालीको अधिकार भएको भन्दै प्रहरीमा उजुरी आए कानुन अनुसार कारबाही हुने बताए ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि एमालेको चर्को आलोचना भएको छ । एमालेको भ्रातृ संस्था युवा संघदेखि नेतृत्त्वसम्मको चर्को आलोचना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group