ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ मा हुने प्रदर्शनको अनुगमन गर्ने


एबीसी न्यूज
६ मंसिर २०८०, बुधबार   १ : ४५   बजे

काठमाडौं, ६ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ ।

मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न आग्रह गर्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले मानव अधिकार अयोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अनुमगन गर्ने बताएका हुन् ।

‘मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धन हामी गर्नेछौं,’ मगरले भने, ‘जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगो लगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।’

कुनै कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उनले बताए । अध्यक्ष मगरले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुनेमा जोड दिए ।

‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ,’ उनले भने, ‘कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

रास्वपाको संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता, आज पहिलो बैठक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu