ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष


एबीसी न्यूज
६ मंसिर २०८०, बुधबार   १ : ५२   बजे

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो ।

बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ कार्यकक्षमा पुगेर फराकिलो कार्यस्थलले सिजर्नात्मकता बढ्ने विश्वाश व्यक्त गरे । ‘यो यसघिकोभन्दा फराकिलो छ, यहाँ बसेर काम गर्न अलि बढी आइडिया फुर्छ होला,’ उनले भने,‘बरन्डाको प्रयोग पनि गर्न पाइन्छ ।’

२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

पश्चिम मोहोडाका यि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ सालदेखि गौरीरशर्मा एण्ड न्यु टेक्निकल जेभीमार्फत पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । पुनर्निर्माण प्राधिकरण विघटन भएसँगै शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन तथा आवास०ले यो आयोजना हेरिरहेको थियो ।

पुनर्निर्माण सकिएको सिंहदरबारको पश्चिम मोहोडा विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । सो आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।

तर, आगलागीबाट जोगाइएका बेलायती कक्ष स्टेट हलदेखि चन्द्रशमशेरका शयन कक्षसम्म कक्षहरु सिंहदरबारको पश्चिमी मोहोडामा पर्छन् । सो मोहोडाका कक्षमा रहेको राणाकालीन विभिन्न सम्पदाहरुलाई त्यसतर्फ नै संग्रहालय बनाएर राख्ने तयारी छ ।

अधिकारीहरुका अनुसार पुराना विलासी र बहुमूल्य पेन्टिङ, घडी, झुमर र कलाकृतिहरुलाई दुरुस्तै राखेर कक्षहरुको पुनर्निर्माण गरिएको छ ।

चन्द्रशमशेरले आफ्नै प्रयोजनका लागि सिंहदरबार निर्माण गराउँदा नै स्टेट हल र बेलायती कक्षहरु बेलायको दरबारका कार्यकक्ष स्तरमै बनाएका थिए । इतिहासका जानकारहरुका अनुसार सुनौलो रंगको ‘स्टेट हल’ उनको सबैभन्दा प्रिय कक्ष थियो । आफ्ना विशिष्ट भेटवार्ता उनी त्यही कक्षमा गर्थे । कक्षमा हुने अन्य गतिविधिहरु पनि यही हलको माथितर्फ रहेका शयन कक्षमा खुल्ने झ्यालबाट नियाल्थे ।

कक्षका ढोकादेखि झ्यालसम्ममा बहुमूल्य बुट्टेदार सिसाहरु प्रयोग गरिएका छन् । यो कक्ष कलात्मक ऐनादेखि बुट्टेदार भित्ताहरुले सजिएको छ । राणाकालीन पियानोसम्म राखेर सजावट गरिएको छ । यहाँ राखिएका महँगा झुमर र पेन्टिङदेखि घडीहरुसम्मले राणा प्रधानमन्त्रीहरुको विलासी शोखलाई प्रतिबिम्बित गर्छन् ।

ऐतिहासिक महत्वको बेलायती कक्ष पनि ‘नियोक्लासिक’ डिजाइनमा बनेको शानदार कक्ष हो । बेलायतकै दरबारको अतिविशिष्ट कक्षको नक्कल गरेर बनाइएको सो कक्षमा पनि महँगा पेन्टिङदेखि झुमरहरुसम्म सजाइएका छन् । कक्षमा कुँदिएका कलात्मक बुट्टाहरुले यो कक्षलाई भव्य देखाएको छ ।

राणा प्रधानमन्त्रीहरुले ऐस आरामका लागि प्रयोग गरेका यस्ता कक्षहरु अहिले सिंहदरबारको इतिहाससँग जोडिएको गर्वको सम्पदा बनेका छन् । यी कक्षहरु बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा समेत राजकीय भेटवार्ता तथा भोजका लागि प्रयोग भएका थिए ।

हालै पुनर्निर्माण सकिएका सिंहदरबारभित्रको स्टेट हल २० वर्षदेखि भने प्रयोगविहीन छ । २ जेठ २०५८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ प्रधानमन्त्री झु रोङ्जीसँग भेटेपछि स्टेट हलको प्रयोग भएको छैन ।

बेलायती बैठक कक्षमा भने १ माघ २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ समकक्षी वेन जिआबाओसँग भेट गरेका थिए । त्यसपछि यो कक्ष प्रयोग भएको रेकर्ड छैन ।

२०७२ को भूकम्पअघि नै भित्ता चर्किने र भुईं थर्किने लगायत समस्या देखिएपछि यी कक्षहरु प्रयोगमा थिएनन् । झन् २०७२ सालमा यी कक्षका भित्ताहरु चर्किएपछि ताल्चा ठोकिएको थियो ।

सरकारले बेवास्ता गर्दा भूकम्प गएको ८ वर्षसम्म यी कक्षहरुको पुनर्निर्माण सकिएको थिएन ।

सरकारले चासो नदिंदा भएका कक्षहरु प्रयोग नहुने तर अति विशिष्ट विदेशी पाहुनासँगको भेटघाट पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता थियो । त्यसले सरकारको खर्च बढाएको तियो भने सुरक्षा व्यवस्थापन पनि जटिल हुने गरेको छ । अब भने प्रधानमन्त्रीले विशिष्ट भेटघाटमा यी कक्षहरु नै प्रयोग गर्नसक्ने अवस्था बनेको छ ।

गौरीरशर्मा एण्ड न्यु टेक्निकल जेभीका टिम लिडर लक्ष्मीप्रसाद सुवेदी ठेक्का अन्तरगतको सबै काम सकिएको र दरबारलाई प्रवलीकरण गरेर जोगाइएको बताउँछन् । ‘ कक्षहरुमा केही राख्नुपर्ने वा सजाउनुपर्ने भए सरकारले थप काम गर्छ,’ उनले भने,’हामीले पाएको जिम्माअनुसार काम सकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group