ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा १० हजार प्रहरी परिचालन, ड्रोनबाट निगरानी


एबीसी न्यूज
७ मंसिर २०८०, बिहिबार   ३ : ३३   बजे

काठमाडौं, ७ मंसिर । काठमाडौंमा आज सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा निकायहरूले बताएका छन्।

तीनकुने र बल्खु क्षेत्रसहित काठमाडौं उपत्यकाभित्र बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।

नेकपा एमाले को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार कार्यक्रम गर्दैछन्। युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने तयारी गरेका हुन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा काठमाडौं उपत्यका संयुक्त कमान्ड सेन्टर स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजार हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। तीनकुने र बल्खुमा हुने कार्यक्रममा ड्रोनबाट पनि निगरानी गर्ने प्रहरीको तयारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली फिल्डमा खटिएका छन्। यस्तै नेपाली सेनालाई भने ब्याकअपको रूपमा राखिएको छ।

प्रहरीका अनुसार तीनकुनेमा बिहीबार बिहानदेखि युवा संघका केही कार्यकर्ता भेला भइसकेका छन्। प्रसाईंको कार्यक्रमका लागि भने साढे १० बजेदेखि विभिन्न ठाउँबाट र्‍याली गरी मानिसहरू बल्खु आइपुग्ने कार्यक्रम छ।

पछिल्लो समय युवा संघ इन्चार्जसमेत रहेका महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप प्रत्यारोप भइरहेको छ। झडप हुन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न रोक्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको थियो।

माइतीघर, बानेश्वर, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, मन्त्री निवासलगायत क्षेत्रमा पनि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu