ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा श्वासप्रश्वाससम्बन्धी प्रकोप, डब्ल्यूएचओले माग्यो जानकारी


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   १ : ०७   बजे

काठमाडौं, ८ मंसिर । चीनमा श्वासप्रश्वाससम्बन्धी रोगको नयाँ प्रकोप फैलिएको छ । चीनले कोभिड–१९ को महामारीका कारण अपनाएका स्वास्थ्यसम्बन्धी प्रतिबन्धका मापदण्ड यस वर्ष मात्रै हटाएको थियो ।

तीन वर्षअघि आएको महामारीसँग जुधेको चीनमा श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिएको बताइएको छ ।

पत्ता नलागेको यस्ता बिरामीको संख्या असामान्य रूपले बढेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रकोपबारे थप विवरण मागेको छ । अधिकारीले लकडाउन हटाएका कारण पनि संक्रमण बढेको हुनसक्ने आशंका गरेका छन् ।

नोभेम्बर १३ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोग एनएचसीले पत्रकार सम्मेलनमा श्वासप्रश्वाससम्बन्धी रोग बढेको बताएको थियो ।

नयाँ रोगहरूको निगरानी गर्ने कार्यक्रम ९प्रोएमईडी०ले उत्तरी चीनमा बालबालिकामा थाहा हुन बाँकी एक किसिमको निमोनिया देखिएको बताएको छ ।

बेइजिङ र देशको उत्तरपूर्वी सहर लिओनिङमा पनि संक्रमण फैलिएको बताइएको छ ।

यसबीच डब्ल्यूएचओले चीनलाई बुधबार हालैको प्रकोपबारे प्रयोगशालामा गरिएको परीक्षणलगायत जानकारी सार्वजनिक गर्न आग्रह गरेको हो ।

कति बिरामी पुगे भन्ने विवरण नभए पनि बेइजिङको एक प्रमुख अस्पतालमा दैनिक एक हजार २०० बिरामी आपतकालीन कक्षमा आइरहेको बताइएको छ ।

संक्रमणका कारण विद्यालयमा विद्यार्थी नआउँदा एक हप्ता बिदा दिने स्थिति बनिरहेको अधिकारीहरूले बताएका छन् ।

संक्रमण १८ वर्ष मुनिका बालबालिका, वृद्ध र गर्भवती लगायतमा बढ्नसक्ने चिन्ता स्वास्थ्य अधिकारीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

भारतमा पीएम–केयर्स फन्डको रकम विद्यालय विकासमा खर्च गर्न सीजेपीको माग

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

आईएसविरुद्धको युद्ध सम्झिँदै इराकी प्रधानमन्त्रीले गरे इरानको प्रशंसा

रक्षामन्त्रीबाट हटाइएका फेडोरोभद्वारा चुनावको माग : युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको दाबी

इरानमाथि यूएईको कडा आर्थिक कदम : सबै व्यापारिक तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोकियो

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu